close

नेपाली बजारमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११

टेकपाना टेकपाना

माघ १३, २०७८ १०:१५

नेपाली बजारमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११

काठमाडौं । साओमीले बिहीवार नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ को तुलनामा केही फरक विशेषतासहित आज ग्लोबल इडिशन सार्वजनिक हुन लागेको हो ।

फोरजी सपोर्ट गर्ने यो फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.४३ इन्चको फुलएचडी प्लस एमोलेड डिस्प्ले छ । १८० हर्जसम्मकाे टच स्याम्पलिङ रेट रहेको फोनको डिस्प्ले १००० निट्ससम्म उज्यालो हुने जनाइएको छ ।

स्न्यापड्रागन ६८० चिपसेटमा चल्ने फोनमा ४/६४ जीबी, ४/१२८ जीबी र ६/१२८ जीबी गरी तीन भेरियन्ट छ ।

रेड्मी नोट ११ को ग्लोबल इडिशनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर र समान २ मेगा पिक्सेलका म्याक्रो र पोट्रेट लेन्स छन् ।

फोनको अगाडि भागमा सेल्फी तथा भिडिओ खिच्न र भिडिओ कल गर्न १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

लामो ब्याकअप प्रदान गर्नका लागि रेड्मी नोट ११ मा ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले यूएसबी टाइप(सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसलाई कम्पनीले भने ६२ मिनेटमा फूल चार्ज हुने दाबी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२