close

अब अध्यागमनका कर्मचारीले व्यक्तिगत मोबाइल चलाउन नपाउने

टेकपाना टेकपाना

माघ १४, २०७८ १८:१४

अब अध्यागमनका कर्मचारीले व्यक्तिगत मोबाइल चलाउन नपाउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर (प्रस्थान कक्ष) र अराइभल (आगमन कक्ष) मा काम गर्ने कर्मचारीहरूले व्यक्तिगत मोबाइल चलाउन नपाउने भएका छन् । विमानस्थल अन्तर्गतको अध्यागम कार्यालयले आज एक सूचना जारी गर्दै प्रस्थान कक्ष र आगमन कक्षमा कार्यरत कर्मचारीलाई कार्यालयको काममा मात्र केन्द्रित हुन निर्देशन दिएको हो ।

जारी सूचना अनुसार अब प्रस्थान र आगमन कक्षमा काम गर्ने कर्मचारीहरूले ल्याण्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न पाउनेछन् । यसका लागि आवश्यकता अनुसार प्रशासनले अफिसियल मोबाइल र सिम उपलब्ध गराउने बताइएको छ ।

त्यस्तै अत्यावश्यक परेर मोबाइल चलाउनु परेमा बरिष्ठ अध्यागमन अधिकृतको स्विकृती लिएर मात्र चलाउन पाइनेछ । व्यक्तिगत मोबाइल कर्मचारीले आ-आफ्नो लकरमा राख्नुपर्ने व्यवस्था समेत मिलाइएको छ । यो नियम पालन भए नभएको नियन्त्रण तथा नियमन गर्ने जिम्मा बरिष्ठ अध्यागमन अधिकृतलाई दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२