close

नेपाल र मोरिससबीच आज फुटबल खेल हुँदै, अनलाइनबाट यसरी बुक गर्नुहोस् टिकट

टेकपाना टेकपाना

माघ १५, २०७८ ८:४६

नेपाल र मोरिससबीच आज फुटबल खेल हुँदै, अनलाइनबाट यसरी बुक गर्नुहोस् टिकट

काठमाडौं । आज नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मोरिससविरुद्ध दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेल आज हुन लागेको हो ।

दिउँसो ४ः४५ देखि हुने खेलका लागि सीमित संख्यामा दर्शक प्रवेशको व्यवस्था गरिएको छ । यसका लागि अनलाइनबाटै टिकट बुकिङ गर्न सकिनेछ ।

दर्शकले अनलाइन भुक्तानी सेवा प्रदायक सजिलो पेको वेबसाइटबाट खेलको टिकट खरिद गर्न सक्नेछन् । साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रूपैयाँको टिकट राखिएको छ ।

टिकट कसरी बुक गर्ने ?

-सबैभन्दा पहिले सजिलो पेको वेबसाइट लगईनका लागि यहाँ क्लिक गर्नुहोस् ।

-आफ्नो सजिलो पे ईमेल अथवा मोबाइल नम्बर र पासवर्ड राखेर लगईन गर्नुहोस् ।

-वेब ड्यासबाेर्डमा रहेको ‘International Friendlies (Nepal vs Mauritius)’ ब्यानरको ‘Get Tickets’ मा क्लिक गर्नुहोस् ।

– ‘Ticket Type’ मा Regular अथवा Premium छान्नुहोस् र टिकटको संख्या राखी ‘Confirm Payment’ button मा क्लिक गर्नुहोस् ।

पेमेन्ट पुरा भएपछि आफ्नो टिकट डाउनलोड गर्न नबिर्सनुहोला ।

अनलाइनमा कसरी लाइभ हेर्ने ?
यो खेलको प्रत्यक्ष प्रसारणको जिम्मेवारी कान्तिपुर टेलिभिजनले पाएको छ । अनलाइनबाट खेल हेर्न कान्तिपुर टिभीको वेबसाइट क्लिक गर्नुहोस् ।

कान्तिपुरको मोबाइल एपबाट समेत खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।

साथै नेटटिभी, प्रभु पे लगायतका आईपी टिभी प्लेटफर्मबाट पनि खेल हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२