close

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन शपिङमा विशेष छुट

टेकपाना टेकपाना

माघ १७, २०७८ २१:३५

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन शपिङमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौं उपत्यकामा सञ्चालित अनलाइन शपिङ बजेट पसल डटकमसँग व्यवसायिक सम्झौता गरेको छ ।

बजेट पसल डटकममा खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरताका सामग्री तथा अन्य सामान अनलाइनबाट खरिद गर्न सकिन्छ ।

होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बजेट पसलबाट तीन हजार रूपैयाँभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा पाँच प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था पनि छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५