close

आफ्नै क्रिप्टोकरेन्सी ल्याउने भारतको घोषणा, ३० प्रतिशत आय कर लाग्ने

टेकपाना टेकपाना

माघ १८, २०७८ १९:३४

आफ्नै क्रिप्टोकरेन्सी ल्याउने भारतको घोषणा, ३० प्रतिशत आय कर लाग्ने

काठमाडौं । छिमेकी मुलुक भारतले आउँदो वर्ष आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने घोषणा गरेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलवार नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल मुद्रा सार्वजनिक गर्ने र त्यसको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्ने घोषणा गरेकी हुन् ।

उनले भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ ले आगामी वर्षभित्र डिजिटल मुद्रा निकाल्ने बताइन् ।

योसँगै इन्टरनेट प्रयोगकर्ताको हिसाबले विश्वकै दोस्रो ठूलो देश भारतमा क्रिप्टोकरेन्सीको कानूनी मान्यता दिने प्रक्रिया अघि बढेको छ ।

यसका साथै भुर्चअल सम्पत्तिमा गरिने लगानीमा १ प्रतिशत कर कटौती गर्ने प्रस्ताव समेत पारित भएको छ ।

यसअघि भारत सरकारले अन्य क्रिप्टोकरेन्सीमाथि भने प्रतिबन्ध लगाएको थियो । अन्य क्रिप्टोरकेन्सीमाथि प्रतिबन्ध लगाएको सरकारले दक्षिण एसियामै पहिलो पटक आफ्नै क्रिप्टो सार्वजनिक गर्ने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५