close

प्रविधि प्रयोगसँगै बढ्दै मानिसहरूबीचको भौतिक दूरी, कमजोर बन्दै आत्मीय सम्बन्ध

टेकपाना टेकपाना

माघ १९, २०७८ १८:४३

प्रविधि प्रयोगसँगै बढ्दै मानिसहरूबीचको भौतिक दूरी, कमजोर बन्दै आत्मीय सम्बन्ध

मिचेल्ली डर्विन

अरुले जस्तै म पनि आत्मियता चाहन्छु । तर विकास मनोवैज्ञानिकको रुपमा म चाहिँ आत्मियतालाई मौलिक मानवीय आवश्यकता ठान्छु ।

भावना साटासाट गर्दा, अङ्गालो मार्दा, बौद्धिक कुराकानी गर्दा, यौन सम्बन्ध आदि जस्ता आत्मीय क्षणहरूले मानिसलाई तृप्त बनाउँछ । अहिले विश्वभर दशौँ लाख मानिसहरू अलग र एक्लो जीवन बाँचिरहेका छन् ।

अर्थपूर्ण र विविध सामाजिक अनुभूतिको अभाव हुनु दुःखद हो, जसले भावनात्मक तथा शारीरिकका स्वास्थ्यलाई सहयोग पुर्‍याउँछ । किशोरकिशोरी व्यक्तिगत भेटघाट त्यागेर सुत्ने बाहेकको आफ्नो अधिकांश समय अनलाइन च्याट, गेम र नेटफ्लिक्समा व्यतीत गर्छन् ।

सामाजिक सम्पर्क मजबुत भएकाहरूमा साथीभाइ भेट हुँदा अङ्गालो मार्ने, प्रेमी प्रेमिकाबीच यौन सम्बन्ध राख्ने आदि जस्ता कार्यले दैनिक जीवनमा हुने उदासिनतामा आत्मियताको चमक ल्याउँछ । प्राविधिक आविष्कारसँगै बढेको आधुनिक जीवनको भौतिक दूरीले हाम्रा गहिरा अनि आत्मीय क्षणहरू घटाइदिएको छ ।

महामारीले झन् थुप्रै प्रकारका संगत र पेशागत  भेटघाटलाई छेकेको छ र अनलाइनमा अझ धेरै भित्र धकेलिदिएको छ । जसले धेरैलाई भोको तुल्याएको छ । हामी आत्मियताको भोकमरीमा प्रवेश गरेका छौँ ।

तपाईँ यसबाट कति प्रभावित हुनु भएको छ भन्ने कुरा आंशिक रुपमा तपाईँको वस्तुगत अनुभव र अधिक रुपमा तपाईँको अवधारणामा भर पर्छ । शब्दका कुन समूहले तपाईँको विगत दुई वर्षलाई राम्रोसँग व्याख्या गर्नसक्छः १. निकट, सम्पर्क, प्रेम, अङ्गालो र पूर्ण २. दूरी, सम्पर्क विहीन, एक्लो, थकित र रित्तो ?

यदि दोस्रो समूह चयन गर्नुहुन्छ भने तपाईँ एक्लो होइन । त्यसैले यो महामारीले हाम्रो सामाजिक अभावको भावनालाई बढाएको छ । हामी यस अघि नै त्यो कोर्समा छौँ, हाम्रो दुःखको जवाफ हाम्रा फोनहरूले नै दिन्छन् कि भन्दै त्यसैमा हेरिरहेका छौँ ।

जसै तपाईँले भर्खरै मैले लेखेका शब्दहरू पढ्नु भयो, मैले मेरो फेसबुक, इन्स्टाग्राम र लिङ्कडिन थुप्रै पटक चेक गरिसकेको छु । किन ?

सहज र सामान्य रुपमा भन्ने हो भने विश्वभर सामाजिक सञ्जाल प्रयोग गर्ने म अनि विश्वभरका ५३ प्रतिशत वयस्कले ती प्लेटफर्म प्रयोग गर्नुमा मूल्य र औचित्य छ भन्ने ठान्छौँ । अलिक फरक तरिकाबाट भन्ने हो भने मेरो समाजिक सञ्जालसँगको सम्बन्ध…जटिल छ ।

सामाजिक सञ्जालसँगको मेरो सम्बन्धलाई लिएर मेरो घोषणा बोल्ड छः वास्तवमा म मेरो फोनसँगको रिलेसनसिप अर्थात सम्बन्धमा छु । मेरो जीवनमा मेरो लोग्ने र बालबालिकाले आवाज दिँदा मैले जवाफ फर्काए जस्तै  प्रकाश, ध्वनि र भाइब्रेसनमार्फत फोनले मेरो ध्यान खिच्छ र म उसलाई प्रतिक्रिया जनाउँछु ।

फोन अन गर्छु, त्यसमा नियाल्छु र अलर्टको रुपमा आएका विषयलाई सम्बोधन गर्न खोज्छु । मेरो संसारमा सबैभन्दा धेरै कुरा माग्ने चिज भनेकै सम्भवतः मेरो फोन नै हो ।

म मेरा विद्यार्थीहरूलाई प्रतिक्रिया जनाउने कुरा अभिभावकत्वमा सबैभन्दा महत्त्वपूर्ण मध्येको एक तत्त्व हो भनेर पढाउने गर्छु । यहाँ मेरो फोनले पनि मबाट त्यस्तै प्रतिक्रिया खोज्छ । यसलाई म राम्रोसँग पालनपोषण गर्छु ।

तर केबल प्रतिक्रिया जनाउने विषय मात्र नभएर यसले हाम्रा सम्बन्धलाई ठोस रूप दिने काम पनि गर्छ । स्क्रिन सफा गर्दा म यसमा रहेका दागहरू पनि एकदमै सावधानीका साथ हटाउने गर्छु ।  म यसलाई मेरो पर्स वा हातमा राखेर आफू जता गयो, त्यतै लिएर जान्छु ।

स्क्रिन र छालाको यो सम्बन्ध एकदमै घनिष्ट छ । यदि मैले यसलाई कसैगरी भेट्न सकिन भने हतास हुन्छु । अलग हुँदा तनाव महसुस हुन्छ । हामी एकअर्काको बन्धनमा छौँ र म निकै आकर्षित छु ।

मेरो ग्राहका अरू यससँगको मेरो सम्बन्धबारे बेखबर हुँदैनन् । त्यसमा परिवार वैज्ञानिक ब्रान्डोन म्याकडेनियल पनि पर्छन् । मैले हामीबीचको अन्तरक्रियामा हरेक दिन प्रविधिले गरिरहेको सानो अवरोधको विषय खोज्दैछु ।

जसलाई मैले ‘टेक्नोफ्रेन्स’ नम दिएकी छु । सन् २०१६ देखि म्याकडेनियल र मैले विश्वभरका अन्य अनुसन्धानकर्ताहरूसँग मिलेर मिल्दाजुल्दा प्रवृत्तिहरू फेला पारेका छौँ । आफ्नो जीवनमा सम्बन्धित अन्य मानिसहरूसँग कुराकानी गर्न आफ्नो फोनलाई रोज्ने गरेको बताएका थिए ।

यसरी प्रविधि जोडी, परिवार र साथीभाइको सम्बन्धमा द्वन्द्व र ईर्ष्याको कारण बन्न सक्छ । यस किसिमको द्वन्द्व र ईर्ष्या सम्बन्धबाट प्राप्त हुने न्यून स्तरको सन्तुष्टिसँग सम्बन्धित हुन्छ र यसले आत्मियतालाई समेत कमजोर बनाउँछ ।

दुर्भाग्य नै भन्नुपर्छ यो प्राविधिक अवरोधले हामी मध्ये केहीलाई लगभग दैनिक रुपमा प्रभावित बनाइरहेको छ । यो विषयमा हामीले सन् २०१९ मा गरेको अध्ययनका क्रममा म्याकडेनियल र मैले दैनिक डायरी (दैनिक कार्यतालिका) अध्ययन गरेका थियौँ ।

त्यसमा हामीले तालिकामा रहेका रोमान्टिक जोडीका दुवै सदस्यलाई पछिल्लो १४ दिनको अवधिमा उनीहरूले दैनिक रुपमा महसुस गरेको प्राविधिक अवरोध र उनीहरूको भावनाको विषयमा सोधेका थियौँ । त्यसबाट प्राप्त नतिजा उल्लेखनीय थिए ।

अधिकांश जोडीले दुई हप्ताको अवधिमा आफ्नो प्रेमीसँगको कुराकानीमा प्राविधिक अवरोध भएको प्रतिक्रिया दिएका थिए । अझ महत्त्वपूर्ण कुरा त के छ भने सहभागीहरूले बढी प्राविधिक अवरोध महसुस गरेका दिनहरूमा प्रविधिमाथि थप द्वन्द्व पार्टनर सँगको फेस-टु-फेस कुराकानी कमै मात्र सकारात्मक हुने गरेको र सम्बन्धको विषयलाई लिएर  उनीहरूको मुड तथा फिलिङ्स बढी नकारात्मक हुने गरेको बताएका थिए ।

जब पार्टनर वा साथीले फोनमार्फत केही विषयमा असहमत हुँदै कुराकानी गर्न खोज्दा हामी किन अनावश्यक वा अस्वीकृत भाव व्यक्ति गर्छौँ ? प्रतिकात्मक अन्तरक्रियावादको सिद्धान्तअनुसार, अरुसँगको हाम्रो कुराकानी सन्देशमा लेस अर्थात मिश्रित भएको हुन्छ र त्यस्तो सन्देशले हामीलाई उक्त व्यक्तिको जीवनमा हाम्रो भूमिका पहिल्याउन मद्दत गर्छ ।

जब व्यक्तिले हामीलाई भन्दा पनि फोनमा सहभागी हुन खोज्छ, खासगरी जब हामी आपसमा व्यस्त हुन खोजिरहेका हुन्छौँ, त्यसले हामीभन्दा पनि फोनलाई बढी महत्त्व दिएको संकेत पठाउँछ । हुन त यो केवल क्षणभरको अनुभव मात्रै हुन्छ, तर त्यसले अस्वीकार गरेको जस्तो महसुस गराउँछ, यस्तो अस्वीकार कि जुन सम्बन्धकै मूल्य चुकाउने किसिमको होस् ।

सम्बन्धमा रहने हाम्रो निर्णय लगातार रुपमा उक्त सम्बन्धको मूल्य र उपलब्धीसँगै अगाडि बढिरहेको हुन्छ । मुख्यगरि हामीले आफ्नो पार्टनरको पलपल र मिनेटमिनेटको हिसाब किताब गरिरहेका हुन्छौँ र एकअर्काप्रति प्रतिवद्ध हुन्छौँ ।

यसमा सन्तुलन मिलाउनु एकदमै जरुरी हुन्छ । मेरो फोनसँगको सम्बन्धमा चाहिँ सन्तुलन सधैँ उसकै पक्षमा हुन्छ ।  निश्चित रुपमाः त्यसमा मूल्य छ; यो मेरो कामप्रतिको ध्यान भङ्ग गर्ने सबैभन्दा ठूलो कारण हो,  सँगसँगै परिवार र साथीसँगको ध्यान भङ्ग गर्ने कारक पनि ।

म कहाँ छु भन्ने कुराको मतलव नगरी जब एउटा ई-मेल वा टेक्स्ट पपअप हुन्छ, र म त्यसलाई चेक गर्न बाध्य हुन्छु । म जिज्ञासाको लागि खरायोको दुलोबाट भित्र पस्छु, जुन फ्योदोर डोस्तेभ्स्कीको प्रेमको अवधारणा सम्बन्धी लेख पढ्नबाट सुरु हुन्छ र प्रेम सम्बन्धी २० जना भिन्न दार्शनिकको परिभाषा पढेपछि दुई घण्टामा त्यो सकिन्छ ।

द सोसल डिलेमा डकुमेन्ट्री र प्रविधि उद्योगका पछिल्ला कमेन्ट्रीहरूलाई म धन्यवाद दिन चाहन्छु । मैले अहिले आएर बुझेकी छु कि यस किसिको अनिवार्यताले कसैको उद्देश्यमूलक डिजाइनमा जरा गाडेको छ ।

म किन यसरी शिकार बनिरहेकी छु भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि म अझै आफूलाई शिकार ठानिरहेकी छु र त्यसले मलाई असनतुष्टी दिइरहेको हुन्छ । फराकिलो सामाजिक धरातलमा उभिएर भन्नुपर्दा फोन र प्रविधिको प्रयोग असन्तुष्टिको कारण समेत हुनसक्छ ।

२१ औँ शताब्दीको सुरुवातमा अमेरिकी मनोवैज्ञानिक जिन तियोङ्गे र उनका सहकर्मीहरूले गरेको एउटा अनुसन्धानले मिडियाको ध्यान खिचेको थियो । उनीहरूको अनुसन्धानमा प्रविधिको प्रयोगका कारण किशोर तथा युवाहरूमा पछिल्लो एक दशकको अवधिमा कसरी डिप्रेसन र तनावको दर बढ्दै गएको छ भन्ने कुरा देखाइएको थियो ।

यो तर्कले यस्तै केही भन्न खोजेको जस्तो लाग्छः निश्चित रुपमा प्रविधिले हामीलाई सम्बन्धको रुपमा सहयोग गरिरहेको छ । अहिले हरेक मानिस आफ्नो बेडरूममा, आफ्नो फोनमा र कम्प्युटरमा बसिरहेका छन् र अन्यसँग अनलाइन सम्पर्कमा छन् ।

उनीहरूले आमनेसामने भएर भलाकुसारी गर्न पाइरहेका छैनन्, जसले हामीलाई खुशी र सामाजिक रुपमा एक अर्कासँगको आवद्ध गराउँछ । अनलाइन र सामाजिक सञ्जालमा जाने कुराले हामीलाई तनाव, एक्लोपन र डिप्रेसनमा पारेर त्यसलाई अझ खराब बनाउँदैछ ।

‘मैले यो साथी वा सम्बन्ध बनाउन सकेँ र त्यसले मलाई राम्रो गर्छ’ भन्ने कुराले सामाजिक पूँजी संग्रह भएर हामीलाई आफ्नो बारेमा राम्रो महसुस गराउँछ भन्ने छ । हालै अमेरिकामा किशोरकिशोरी माथि भएको एउटा अध्ययनले देखाएको छ कि जति धेरै अनलाइन सामाजिक पूँजी तपाईँसँग छ, तपाईँ जब अनलाइन जोखिममा पर्नुहुन्छ (उदाहरणको लागि सूचना चोरी र निजी सामग्री बाहिरिने अवस्था ), त्यसले तपाईँलाई त्यति नै धेरै तनाव दिनेवाला छ ।

यो कुरा ‘सबै अन्डा एउटै डालोमा’ भनेजस्तो पनि हुनसक्छ । तर सामाजिक पूँजी अनलाइनमा छरिएर रहेको छ र अफलाइनले सम्भवतः बढी प्रभावकारी सुरक्षा दिनेछ । हामीले आफ्नै बारेमा हाम्रा सामाजिक सञ्जालबाटै सूचना तथा जानकारी जुटाइरहेका हुन्छौँ ।

हामीलाई कतिले लाइक गरे ? हामीले भनेको कुरामा अरुले कत्तिको वास्ता गरे ? हाम्रो अस्तित्व अन्यको तुलनामा कस्तो छ ? अचानक हामी पानोप्टिकन सेन्टर (जेलमा माथि बसेर कैदीको गतिविधि नियाल्ने स्थान जस्तै, जहाँबाट कसैले आफूलाई हेरिरहेको छ कि छैन भन्ने कुरा कैदीले थाहा पाउँदैनन् ) मा बस्ने गार्ड जस्तै बन्न पुग्छौँ ।

एउटा मान्छेको रुपमा हामीले थुप्रै समय अन्य व्यक्तिहरूले के सोच्छन् भन्ने कुरामा खर्च  गर्छौँ । यहाँनिर यसलाई विवादको विषय बनाउन खोजिएको पनि होइन । म चाहिँ ढुक्क छु कि तपाईँ मध्ये केहीले पक्कै भन्दै हुनुहुन्छ कि ‘हैन, म त्यसो गर्दिनँ,’ अथवा ‘मलाई मतलव छैन अरुले जेसुकै सोचुन्’ ।

यो चाहिँ बुझ्न सकिने कुरा हो । होइन भने तपाईँले सल्लाह दिनेहरूका लागि काम लाग्ने विषय ठान्नुहोला । जसले तपाईँलाई अरुले गरेको मूल्याङ्कनबाट पैदा भएको आत्माआलोचना र तनावबाट छुट्कारा पाउन सहयोग गरिरहेको छ र अरुले के सोच्छन् भन्ने कुराले तपाईँलाई कुनै फरक पार्दैन भन्ने कुरामा ढुक्क हुन लगाइरहेको छ ।

हुन त अरु मान्छेले आफ्नो बारेमा के सोच्छन् भन्ने कुरा दिमागमा आउनु सामान्य नै हो । यो चाहिँ तपाईँ आफ्नो सामाजिक परिवेशमा सहभागी हुनु भएको संकेत पनि हो ।

‘सोसल ब्रेन हाइपोथेसिस’ का अनुसार मानिसमा अन्य जीवजन्तुहरूको भन्दा ठूलो दिमाग भएका कारणले यस किसिमका जटिल सामाजिक अन्तरक्रियाहरू हुने गर्छ । त्यसभन्दा अझ बढि, यो चाहिँ मानिस र उनीहरूको भावनाबारे तपाईँमा हुनुपर्ने आवश्यक कुरा (हेरबिचार) को संकेत हो ।

तपाईँ जोडिनु भएको हुन्छ, र अरुसँगको तपाईँको त्यस किसिमको संलग्नताले सबै खालका असहजतामा सहयोग पुर्‍याउन सक्छ । त्यसैले म तपाईँलाई स्मार्टफोन त्याग्ने सल्लाह दिन अथवा मिल्काउनुहोस् भन्न सक्दिनँ ।

बरु त्यसको साटो फोन केका लागि हो भन्ने आधारमा त्यसमा संलग्न हुनुहोस् । तपाईँ त्यस्तो लाइफलाइनमा हुनुहुन्छ जसले तपाईँको संसारमा भएका महत्त्वपूर्ण व्यक्तिहरूसँग जोड्ने काम गर्दछ ।

मैले पढाउने र अनुसन्धान गर्ने थुप्रै युवा तथा बयस्कको हकमा भन्नुपर्दा उनीहरूको आत्मियतामा परिवर्तन आएको छ र सम्पर्क टेक्स्ट र सामाजिक सञ्जालमा एकदमै धेरै निर्भर छ । म जस्ता अन्यको हकमा चाहिँ व्यक्तिगत भलाकुसारी, जहाँ हामी स्पर्स गर्छौँ, हाँस्छौँ र हाउभाउ जस्ता कुरा एकदमै चाहन्छौँ ।

तर हामी सबैका लागि, हामीले प्रविधिलाई पूरकको रुपमा व्यक्तिगत पलहरूलाई सहजता दिनेगरी सन्तुलन कायम गर्न जरुरी छ । चाहे हामी साथीहरूसँग च्याट गरिरहेका हौँ अथवा डिनरका लागि आफ्नो प्रिय मान्छेसँग भेटिरहेका छौँ, यो हाम्रो सम्पर्कमा रहने चाहना हो र हाम्रो सम्वेदनशीलताले आत्मीय जीवन बनाउन सहयोग पुर्‍याइरहेको हुन्छ ।

एमआईटी प्रेसले प्रकाशित गरेको मिचेल्ली डर्विनको आउट अफ टचः हाउ टु सर्भाइभ एन इन्टिमेसी फेमिन नामक पुस्तकबाट अनुवादित सामग्री ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५