close

जोरपाटीमा डिशहोमको फाइबरनेट सह-वितरण शोरुम

टेकपाना टेकपाना

माघ २०, २०७८ १४:३९

जोरपाटीमा डिशहोमको फाइबरनेट सह-वितरण शोरुम

काठमाडौं । डिशहोम फाइबरनेटले काठमाडौंको जोरपाटीमा सह-वितरण शोरुम सञ्चालनमा ल्याएको छ । दीपा इम्पेक्सले सञ्चालन गर्नेगरी बिहीवारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।

डिशहोमका नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा शोरुम उद्घाटन भएको कम्पनीले जनाएकाे छ ।

लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको दीपा इम्पेक्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवासमेत दिने जनाइएको छ ।

साे इम्पेक्सले हालसम्म १५ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने इम्पेक्सका सञ्चालक सुवास तिमल्सिनाले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५