close

सुर्खेत पुग्यो डिशहोम फाइबरनेट, ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

माघ २१, २०७८ ८:३

सुर्खेत पुग्यो डिशहोम फाइबरनेट, ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट

काठमाडौं । डिटीएच एवं इन्टरनेट सेवा प्रदायक डिशहोमले आफ्नो फाइबरनेट देशका विभिन्न ठाउँमा विस्तार गरेको छ । कम्पनीले सन् २०२० देखि फाइबर इन्टरनेट सेवा सञ्चालन गरेको हो ।

देशव्यापी रूपमा इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल मुख्य सहरहरूमा फाइबरनेट विस्तार गरिरहेको छ ।

कम्पनीले ‘डिशहोम फाइबरनेट’ का साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

कम्पनीले हालै सुर्खेतमा आफ्नो फाइबर इन्टरनेट सेवा विस्तार गरेको छ । यसअघि कम्पनीले काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, पनौती, बर्दिबास, ढल्केबर, हेटौंडा, भरतपुर, कलैया, धरान, विराटनगर, दमक, बिर्तामोड, काँकडभिट्टा, इटहरी र इनरूवामा सेवा विस्तार गरिसकेको छ ।

त्यस्तै लाहान, जनकपुर, वीरगञ्ज, कलैया, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, बुटवल, पोखरा, गैंडाकोट लगायतका ठाउँमा पनि फाइबरनेट विस्तार भएको छ ।

छिट्टै नेपालका प्रमुख सहरलगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार हुने कम्पनीले जनाएको छ । हाल कम्पनीले १०, १५, २५, ४०,६०, ८० र १०० एमबीपीएस इन्टरनेट सञ्चालन गरिरहेको छ ।

यसअन्तर्गत १०० एमबीपीएसको इन्टरनेट ग्राहकले मासिक ८९९ रूपैयाँमा चलाउन पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५