close

क्लासिकटेकको सापटी सेवा, रिचार्ज नगर्दा समेत इन्टरनेट ७ दिनसम्म चलाउन पाइने

टेकपाना टेकपाना

माघ २२, २०७८ १४:११

क्लासिकटेकको सापटी सेवा, रिचार्ज नगर्दा समेत इन्टरनेट ७ दिनसम्म चलाउन पाइने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले सापटी सेवा ल्याएको छ । कम्पनीले आफ्ना विद्यमान ग्राहकको सहजताका लागि यस्तो सेवा ल्याएको हो ।

कम्पनीका अनुसार क्लासिकटेक मोबाइल एपमार्फत यो सुविधा प्रयोग गर्न सकिनेछ । ‘रिचार्जका लागि पर्याप्त नगद नहुँदा, आफ्नो घरपरिवारभन्दा टाढा हुँदा ग्राहकले हाम्रो सापटी सेवाको फाइदा लिन सक्नेछन्,’ कम्पनीले भनेको छ ।

क्लासिकटेकका अनुसार छ महिना र एक वर्षको प्याकेज लिएका ग्राहकले सात दिनसम्मको रिचार्ज सापटी लिन सक्नेछन् । जुन चार दिन र तीन दिन गरी दुई पटकमा दिइनेछ ।

त्यस्तै चार महिना र दुई महिनाको सब्सक्रिप्सन लिएका ग्राहकले भने तीन दिनको रिचार्ज सापटी पाउनेछन् । जुन चाहिँ दुई दिन र एक दिन गरी दुई पटकमा लिन सकिनेछ ।

त्यस्तै एक महिने सब्सक्रिप्सन लिएका ग्राहकले दुई दिनको सापटी पाउनेछन् । यसरी लिएको सापटी रकम रिचार्ज गरेपछिको ब्यालेन्सबाट काटिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२