close

हरेक आईटी कोर्षमा ४० प्रतिशत छुट दिँदै ब्रोडवे इन्फोसिस

टेकपाना टेकपाना

माघ २३, २०७८ ११:३

हरेक आईटी कोर्षमा ४० प्रतिशत छुट दिँदै ब्रोडवे इन्फोसिस

काठमाडौं । लामो समयदेखि नेपालमा व्यवसायिक आईटी तालिम प्रदान गर्दै आइरहेको संस्था ब्रोडवे इन्फोसिसले प्रशिक्षार्थीका लागि विशेष अफर ल्याएको छ ।

आइतबार वसन्त पञ्चमीको अवसर पारी संस्थाले आफ्ना आईटी कोर्षमा छात्रवृत्ति स्वरुप ४० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको छ ।

यो अफर आइतबारका लागि मात्रै लागू गरिएको जनाएको छ । आईटी क्षेत्रमा करियर बनाउन चाहने जोकोहीले यो मौकाको लाभ उठाउन सक्ने संस्थाले जनाएको छ ।

ब्रोडवे इन्फोसिसले हाल चार दर्जनभन्दा बढी प्रोफेसनल आईटी कोर्ष सञ्चालन गरिरहेको छ । आफूले चाहेको आईटी कोर्षमा तालिम लिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२