close

टेलिकमको ग्राहक सेवामा देखियो प्राविधिक समस्या

टेकपाना टेकपाना

माघ २३, २०७८ १४:३५

टेलिकमको ग्राहक सेवामा देखियो प्राविधिक समस्या

काठमाडौं । नेपाल टेलिकमको ग्राहक सेवामा प्राविधिक समस्या उत्पन्न भएको छ । कम्पनीका ग्राहकले सोधपुछ तथा ग्राहक सेवाका लागि छुट्याइएका नम्बर १४९८, १९७ र १९८-४ मा सम्पर्क गर्न सकिरहेका छैनन् ।

१४९८ कम्पनीका विभिन्न सेवाको रिचार्ज, ब्यालेन्स सोधपुछ र एक्सपायर डेटको विषयमा जानकारी लिने नम्बर हो । त्यसैगरी १९७ पीएसटीएन अर्थात ल्यान्डलाइन नम्बर सोधपुछ र १९८ पीएसटीएन, एडीएसएल तथा एफटीटीएच सेवा सम्बन्धी प्रश्न तथा गुनासो दर्ता गराउने नम्बर हुन् ।

टेलिकमले एक सूचना निकाल्दै प्राविधिक समस्या आएकाले सीमित मात्रामा मात्रै ग्राहक सेवा सञ्चालनमा रहेको जनाएको छ । ‘ग्राहक सेवा यथाशीघ्र रुपमा सञ्चालनका लागि कम्पनी प्रयासरत रहेको ब्यहोरा समस्त ग्राहक महानुभावहरूमा जानकारीका लागि अनुरोध छ,’ कम्पनीले भनेको छ, ‘यसबाट ग्राहक वर्गमा पुग्न जाने असुविधाका लागि कम्पनी क्षमाप्रार्थी छ ।’  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२