close

बालाजुमा डिशहोमको फाइबरनेट सह-वितरण शोरुम

टेकपाना टेकपाना

माघ २४, २०७८ १२:१४

बालाजुमा डिशहोमको फाइबरनेट सह-वितरण शोरुम

काठमाडौं । डिशहोम फाइबरनेटले बालाजुको लोलङ हाइटमा सह-वितरण शोरुम सञ्चालमा ल्याएको छ । बालाजु इलेक्ट्रिक ट्रेडेर्सले सञ्चालन गर्नेगरी आइतबार उक्त शोरूमको उद्घाटन गरिएको छ ।

शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थिति रहेकाे थियाे ।

लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडेर्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवासमेत दिने जनाइएको छ ।

बालाजु इलेक्ट्रिक ट्रेडेर्सले हालसम्म एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने साे ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२