close

यस्तो हुनेछ ओप्पोको नयाँ फ्ल्यागशिप फोन ‘फाइन्ड एक्स५ प्रो’

टेकपाना टेकपाना

माघ २४, २०७८ २०:१८

यस्तो हुनेछ ओप्पोको नयाँ फ्ल्यागशिप फोन ‘फाइन्ड एक्स५ प्रो’

काठमाडौं । ओप्पोले सार्वजनिक गर्ने तयारी गरिरहेको आफ्नो नयाँ फ्ल्यागशिप फोन फाइन्ड एक्स५ प्रो (सम्भावित नाम) को विवरण बाहिरिएको छ ।

प्राप्त जानकारी अनुसार स्न्यापड्रागन ८ जेन १ प्रोसेसरमा आधारित हुने यो फोनमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज हुनेछ ।

त्यस्तै यसमा १२० हर्जको रिफ्रेस रेट सहितको ६.७ इन्चको एमोलेड डिस्प्ले, ८० वाटको फास्ट चार्जिङ सहितको ५००० एमएएचको ब्याट्री पनि उपलब्ध हुनेछ ।

त्यसैगरी फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलको वाइड एंगल क्यामेरा र १३ मेगापिक्सेलको टेलिफोटो क्यामेरा हुनेछ ।

फोनको मूल्यको विषयमा भने जानकारी बाहिर आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२