close

धनगढीमा पनि डिशहोम फाइबरनेट सह-वितरकको शोरुम

टेकपाना टेकपाना

माघ २५, २०७८ ८:३०

धनगढीमा पनि डिशहोम फाइबरनेट सह-वितरकको शोरुम

कैलाली । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सह वितरकको शाोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरिएको हो ।

सो शोरुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ । शोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको श्री कृष्ण इन्टरप्राईजेजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ ।

एक सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको यस इन्टरप्राइजेजले अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने श्री कृष्ण इन्टरप्राईजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२