close

अनलाइन नक्सा पास र कित्ताकाट सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

टेकपाना टेकपाना

माघ २५, २०७८ १८:१४

अनलाइन नक्सा पास र कित्ताकाट सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । सरकारले अनलाइन नक्सा पास तथा कित्ताकाटलाई व्यवस्थित गर्नेगरी कार्यविधि ल्याएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले ‘डिजिटल प्रणालीमार्फत नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८’ स्वीकृत गरेको हो ।

नापी विभागले गत वर्षदेखि जग्गा नाप जाँच तथा कित्ताकाटको काम अनलाइनबाट गर्दै आएको छ । हालसम्म यो सेवा देशका ११ नापी कार्यालयमा उपलब्ध छ ।

चालू आर्थिक वर्ष ०७८/७९ भित्र थप ४० कार्यालयमा यो सेवा उपलब्ध गराउने याेजना रहेको भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।

यसअघि नक्सा पास, कित्ता नापी तथा कित्ताकाट गर्ने तथा नक्साको प्रिन्ट लिने काम म्यानुअल रुपमा हुँदै आएको थियो । अर्थात् नक्सामा स्केल राखेर हातले कित्ताकाट गर्ने प्रचलन थियो ।

अब त्यस्ता सबै काम कम्प्युटर तथा सफ्‌टवेयरमा आधारित हुँदै गएका छन् । त्यस्तै सर्वसाधारणले समेत अनलाइनबाटै जग्गाकाे नक्सा लिन सकिने सुविधा पाएका छन् ।

यस्तोमा नयाँ प्रविधिको व्यवस्थापन तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयले ‘डिजिटल प्रणालीमार्फत नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८’ तयार पारेको हो ।

जसमा ‘मेरा कित्ता’ सञ्चालन, प्रयोगकर्ताले कसरी अप्लाई गर्ने, अप्लाई गर्दा आवश्यक कागजात र यसको व्यवस्थापन लगायतका विषय समेटिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२