close

तपाईंले कहिलेदेखि फेसबुक चलाउनुभयो ? यस्तो छ थाहा पाउने सजिलो तरिका

टेकपाना टेकपाना

माघ २५, २०७८ २२:३४

तपाईंले कहिलेदेखि फेसबुक चलाउनुभयो ? यस्तो छ थाहा पाउने सजिलो तरिका

काठमाडौं । तपाईंले कहिलेदेखि फेसबुक चलाउन सुरु गर्नुभयो ? वा, तपाईंको फेसबुक अकाउन्ट कहिले बनेको हो ? यो थाहा पाउने विभिन्न तरिका छन्, जसबाट सही जानकारी नआउन पनि सक्छ ।

आज हामी तपाईंले चलाउनु भएको फेसबुक अकाउन्ट कहिले बनेको हो वा बनाउनु भएको हो भन्ने कुरा सही तरिकाले कसरी थाहा पाउने भन्नेबारे चर्चा गर्छौं ।   

१. यसका लागि पहिले आफ्नो फेसबुक अकाउन्ट खोल्नुहोस् ।

२. सेटिङ्ग एण्ड प्राइभेसीमा जानुहोस्

३. त्यसपछि सेटिङ्ग क्लिक गर्नुहोस् 

४. योर फेसबुक इन्फर्मेसन (Your Facebook Information) मा जानुहोस् ।

५. एक्सेस योर इन्फर्मेसन (Access Your Information) को छेउ मा रहेको भ्यु (View) क्लिक गर्नुहोस् ।

६. पर्सनल इन्फर्मेसन (Personal Information) मा जानुहोस् ।  

त्यसपछि ‘Your Account Creation Date’ अप्सनमा आफ्नो फेसबुक अकाउन्ट बनेको वास्तविक मिति देख्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२