close

आज सार्वजनिक हुँदै ग्यालेक्सी एस २२ सिरिज, यसरी हेर्नुहोस् मेटाभर्स लाइभ कार्यक्रम

टेकपाना टेकपाना

माघ २६, २०७८ १२:४५

आज सार्वजनिक हुँदै ग्यालेक्सी एस २२ सिरिज, यसरी हेर्नुहोस् मेटाभर्स लाइभ कार्यक्रम

काठमाडौं । सामसङको वार्षिक कार्यक्रम अनप्याक्ड २०२२ आज अर्थात ९ फेब्रुअरीका दिन आयोजना हुँदैछ । यस पटक ग्यालेक्सी अनप्याक्ड इभेन्ट विशेष रहनेछ ।

सामसङको आजको कार्यक्रममा कम्पनीको फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी एस २२ का तीन स्मार्टफोन ग्यालेक्सी एस २२ , ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक हुनेछ । साथै ग्यालेक्सी ट्याब एस एट प्रो ट्याबलेट समेत बजारमा आउनेछ ।

कसरी हेर्ने लाइभ इभेन्ट ?

सामसङ ग्यालेक्सी अनप्याक्ड इभेन्ट २०२२ इभेन्टको सुरुवात नेपाली समयअनुसार आज बुधबार राति ८ः४५ बजे सुरु हुनेछ । जुन सामसङको अफिसियल युट्युब च्यानलका साथै अफिसियल सामाजिक सञ्जाल साइटमा समेत हेर्न सकिनेछ ।

यसका साथै सामसङले पहिलो पटक ग्यालेक्सी अनप्याक्ड इभेन्टको लाइभ स्ट्रिमिङ मेटाभर्समा गर्दैछ । प्रयोगकर्ताले सामसङ ८३७X मेटाभर्समा सामसङ ग्यालेक्सी एस २२ सार्वजनिक कार्यक्रम हेर्न सक्नेछन् । सामसङ ८३७X डिसेन्ट्राल्यान्ड एउटा भर्चुअल स्पेस हो । 

यस्ता छन् आज सार्वजनिक हुने सामसङका उत्पादनः 

ग्यालेक्सी एस २२ मा ६.१ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ । जुन १२० हर्ज रिफ्रेश रेटको सातमा आउनेछ । फोनमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ ।

ग्यालेक्सी एस २२ मा ५० मेगापिक्सेल सामसङ जीएन ५ सन्सर , १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र ३X जुम रहेको १० मेगापिक्सेल टेलिफोटो क्यामेरा हुने अनुमान गरिएको छ । फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री हुनेछ, जसमा २५ वाट फास्ट चार्जिङ सपोर्ट रहने बताइएको छ । 

ग्यालेक्सी एस २२ प्लसः 

ग्यालेक्सी एस २२ प्लसमा ६.६ इन्चको फुल एचडी प्लस फ्ल्याट डिस्प्ले हुनेछ । यसमा पनि १२० हर्ज रिफ्रेश रेट रहने बताइएको छ ।

फोनमा ४५ वाट फास्ट चार्जिङ सपोर्ट सहित ४५०० एमएएच क्षमताको ब्याट्री आउने । यो फोनको क्यामेरा स्पेसिफिकेसन ग्यालेक्सी एस २२ कै सरह रहनेछ । 

ग्यालेक्सी एस २२ अल्ट्राः 

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा ग्यालेक्सी नोट डिजाइनमा आउनेछ । फोनको तल्लो भागमा एस पर्न स्लट हुनेछ । यसमा अगाडि भागमा कर्भ्ड स्क्रिनका साथै बक्सी डिजाइन हुनेछ ।

फोनमा ६.८ इन्चको २X डाइनामिक एमोलेड १२० हर्ज डिस्प्ले हुने बताइएको छ । फोनको डिस्प्लेमा २के (2K) रेजोलुसन सपोर्ट समेत रहेको छ । 

ग्यालेक्सी ट्याब एस ८ सिरिजः 

ग्यालेक्सी ट्याब एस एट सिरिजको रुपमा तीन ओटा नयाँ ट्याब्लेट बजारमा आउनेछन् । जसमा ग्यालेक्सी ट्याब एट, ग्यालेक्सी ट्याब एट प्लस र ग्यालेक्सी ट्याब एस एट अल्ट्रा हुने अनुमान छ ।

ट्याब्लेटमा स्न्यापड्रागन ८ जेन वान एसओसी चिपसेट प्रयोग गरिएको छ । यसमा वाई-फाई सिक्स ई तथा ४५ वाटको फास्ट चार्जिङ सपोर्ट समेत रहेको छ । साथै नयाँ तथा सुधार गरिएको एस पेन समेत ट्याब्लेटसँगै पाउन सकिनेछ ।

ग्यालेक्सी एस एट ट्याब्लेट ११ इन्चको रहनेछ । जसमा २५६० बाई १६०० पिक्सेल रेजोलुसन रहने अनुमान छ । ट्याब एट प्लस १२.४ इन्च स्क्रिन तथा २८०० बाई १७५२ पिक्सेल रेजोलुसन तथा ट्याब एट अल्ट्रा १४.६ इन्च स्क्रिन तथा २९६० बाई १८४८ पिक्सेल रेजोलुसनका साथ आउन सक्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२