close

लबरकोटमा टेलिकमको नयाँ टावर, स्याङ्जा-पाल्पा आसपास फोरजी कभरेज

टेकपाना टेकपाना

माघ २६, २०७८ १३:३६

लबरकोटमा टेलिकमको नयाँ टावर, स्याङ्जा-पाल्पा आसपास फोरजी कभरेज

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा गल्याङ नगरपालिकाको लबरकोटमा आफ्नो नयाँ जीएसएम सेवाको बीटीएस टावर सञ्चालनमा ल्याएको छ । कम्पनीले फोरजी तथा टुजी दुवै सेवासहित मङ्गलबारदेखि उक्त टावर सञ्चालनमा ल्याएको हो ।

यससँगै उक्त टावरले सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले जानकारी दिए ।

गल्याङ नगरपालिका वडा नम्बर ११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिक लगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोट लगायतका आसपासका क्षेत्रका उपभोक्ताहरू पूर्ण रुपमा लाभान्वित हुने नेपाल टेलिकम गल्याङका प्रमुख रामराज उपाध्यायले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२