close

डिशहोमले ल्यायो वाई-फाई सिक्स राउटर, ६०० एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिने

टेकपाना टेकपाना

माघ २७, २०७८ १३:३९

डिशहोमले ल्यायो वाई-फाई सिक्स राउटर, ६०० एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले ६०० र ३०० एमबीपिएस स्पिड भएको ‘मेगा-फाई’ इन्टरनेट ल्याएको छ ।

नेपालमा नै पहिलो पटक वाई-फाई सिक्स राउटर र मेस नोडमार्फत ग्राहकले उच्च गतिकाे इन्टरनेट चलाउन पाउने कम्पनीले जनाएको छ ।

डिशहोमले ल्याएको वाई-फाई सिक्स राउटर अहिले बजारमा पाइने राउटरभन्दा चार गुणा फास्ट स्पिडमा चल्ने बताइएकाे छ ।

वाई-फाई सिक्स अर्थात् सिक्स गिगाहर्ज वेभमा आधारित वाई-फाई प्रणालीमा ईएआई (आर्टफिसियल इन्टेलिन्स), गिगाबिट एक्सेस, डुअल ब्यान्ड स्मार्ट स्टेरिङ, सिमलेस रोमिङ, मल्टि लेभल प्रोटेक्सन, मेश नेटवर्किजस्ता विशेषता भएकाे राउटर हुनेछ ।

हाल नेपालमा २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाई-फाई रहेकाेमा डिशहाेमले पहिलाे पटक ६ गिगाहर्जमा आधारित उच्च गतिकाे वाई-फाई प्रविधि सुरूवात गरेकाे हाे ।

प्रयोगकर्ताकाे वाई-फाई अनुभवलाई अझ धेरै प्रभावकारी बनाउने उद्देश्यका साथ डिशहोमले ह्वावेसँगको सहकार्य गरेकाे छ ।

यो प्रविधिलाई वाई-फाईकाे दुनियाँमा पछिल्लो २० वर्षयताकै ठूलो अपग्रेडको रुपमा लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२