close

२८० क्यारेक्टरको सीमा तोड्दै ट्वीटर, अब अझै लामो ट्वीट लेख्न सकिने‍

टेकपाना टेकपाना

माघ २७, २०७८ २१:३

२८० क्यारेक्टरको सीमा तोड्दै ट्वीटर, अब अझै लामो ट्वीट लेख्न सकिने‍

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले केही वर्षदेखि २०८ क्यारेक्टर लामो ट्वीट गर्ने सुविधा दिँदै आएको छ । तर प्रयोगकर्तालाई यो सीमा अझै पनि कम लागिरहेको छ ।

प्राप्त खबरअनुसार ट्वीटर एउटा त्यस्तो नयाँ फिचरको परीक्षण गरिरहेको छ, जसमा २८० क्यारेक्टरभित्र आफ्नो ट्वीट सीमित पार्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । दाबी अनुसार नयाँ अपडेट पश्चात २८० क्यारेक्टरको सीमितता अन्त्य हुनेछ ।

ट्वीटरकी परिचित टिप्सटर जाने मानचुङ वङले ट्वीट गर्दै यस्तो दाबी गरेकी हुन् । उनका अनुसार उक्त नयाँ फिचरलाई ‘राइट’ नाम दिइएको छ । जसको स्क्रिन शट समेत उनले शेयर गरेकी छन् ।

रिपोर्ट अनुसार ट्वीटरको यो फिचर एउटा अलग बटनमा आउनेछ । यदि तपाईँ २८० भन्दा अधिक क्यारेक्टरमा ट्वीट गर्न चाहनुहुन्छ भने तपाईँले उक्त बटनमा क्लिक गर्न सक्नुहुनेछ ।

नियमित तवरमा तपाईँले २८० क्यारेक्टरकै ट्वीट गर्नुपर्ने हुन्छ । यद्यपि लामो पोस्ट लेख्नका लागि अहिले पनि थ्रेडको विकल्प त छँदैछ । यसका साथ ट्वीटरले अर्को नयाँ फिचरको समेत तयारी गरेको बताइन्छ ।

परीक्षणकै क्रममा रहेको उक्त फिचरमा इन्स्टाग्राममा जस्तै ट्वीटर प्रयोऊकर्ताले आफ्नो ट्वीट केही सीमित व्यक्तिहरूमाझ शेयर गर्न सक्नेछन् । ट्वीटरको यो नयाँ फिचर इन्स्टाग्रामको क्लोज फ्रेन्ड जस्तै हो ।

नयाँ अपडेट पश्चात ट्वीटर प्रयोगकर्ताले आफ्ना १५० जना फलोअरका साथ कुनै कन्टेन्ट शेयर गर्न सक्नेछन् । ट्वीटरको यो फिचरको पहिलो झलक गत वर्षको जुलाईमै देखिएको थियो । त्यसताका यो फिचरलाई ‘ट्रस्टेड फ्रेन्ड्स’ नाम दिइएको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२