close

दुई लाख ८८ हजार विद्यार्थीले पाए निःशुल्क सिमकार्ड

टेकपाना टेकपाना

माघ २८, २०७८ ८:२१

दुई लाख ८८ हजार विद्यार्थीले पाए निःशुल्क सिमकार्ड

काठमाडौं । सरकारको १६ वर्ष भन्दा माथिका विद्यार्थीलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउने योजना अन्तर्गत दुई लाख ८८ हजारले सिमकार्ड प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यक्रम मार्फत सरकारले यो योजना घोषणा गरेको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले घोषणा गरेको यस कार्यक्रमलाई तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समेत अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका थिए । सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत १६ वर्षभन्दा माथिका विद्यार्थीका लागि लक्षित गर्दै सरकारले यो योजना अघि बढाएको थियो ।

विशेष गरी कोभिड–१९ का कारण अनलाइन पठनपाठन गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर सरकारले यो योजना अघि बढाएको थियो । सोही कार्यक्रम अन्तर्गत आर्थिक वर्ष पहिलो ६ महिनासम्म २ लाखा ८८ हजार ६ सय ६८ विद्यार्थीलाई निःशुल्क सिमकार्ड उपलब्ध भएको अर्थमन्त्रालयले बिहीबार प्रस्तुत गरेको चालु आवमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२