close

फोर्ब्समा २४ अर्ब लगानी गर्दै क्रिप्टो एक्सचेन्ज कम्पनी बाइनान्स 

टेकपाना टेकपाना

माघ २९, २०७८ ११:२३

फोर्ब्समा २४ अर्ब लगानी गर्दै क्रिप्टो एक्सचेन्ज कम्पनी बाइनान्स 

काठमाडौं । क्रिप्टोकरेन्सी एक्सचेन्जको एउटा ठूलो कम्पनी ‘बाइनान्स’ ले अमेरिकाको ठूलो मिडिया ‘फोर्ब्स’ मा २० करोड अमेरिकी डलर (२४ अर्ब रुपैयाँभन्दा बढी) लगानी गर्ने भएको छ ।

फोर्ब्सले जारी गरेकाे एक सूचनामा बाइनान्सले उक्त रकम बराबरको शेयर खरिद गर्नेछ । यो सहकार्यले डिजिटल सम्पत्तिको विषयमा सूचना सम्प्रेषण गर्न थप सहयोग मिल्ने फोर्ब्सले विश्वास व्यक्त गरेको छ ।

हुन त केही समयअगाडि मात्र बाइनान्सले फोर्ब्सलाई मानहानीको मुद्दा हालेको थियो । यो बीचमा यी दुई कम्पनीको विवाद कसरी सल्टियो भन्ने विषयमा भने अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

बाइनान्सले भने क्रिप्टो बजारको बारेमा जानकारी व्यापक रुपमा फैलाउन र उपभोक्ताहरूलाई यसबारे शिक्षित गराउन मिडियासँगको सहकार्य आवश्यक भएको बताएको छ ।

फोर्ब्सका अनुसार यो सहकार्यबाट उपभोक्ताहरूलाई प्रविधि सम्बन्धी विभिन्न सल्लाह प्रदान गरिनेछ, जसले कम्पनीको ब्रान्डलाई विस्तार गर्न थप मद्दत गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२