close

इन्टरनेटका लागि देशव्यापी सहवितरण शोरुम सञ्चालन गर्दै डिशहोम

टेकपाना टेकपाना

फागुन १, २०७८ १३:३९

इन्टरनेटका लागि देशव्यापी सहवितरण शोरुम सञ्चालन गर्दै डिशहोम

काठमाडौं । डिशहोमले पछिल्लो समय आफ्नो फाइबरनेट देशका विभिन्न ठाउँमा विस्तार गर्दै आएको छ । फाइबरनेटको ग्राहक बन्न चाहने र इन्टरनेट खरिद गरिसकेपछिको सेवा सहज रुपले प्रदान गर्न डिशहोमले स्थानीय व्यवसायीसँग साझेदारी गरी सहवितरण शोरुम सञ्चालन गर्न थालेको छ ।

हालै कम्पनीले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा यस्ताे शोरुम सञ्चालनमा ल्याएको छ । याे शोरुमको सञ्चालन इलेक्ट्रोहोम डीटीएच नेटवर्कले गर्नेछ ।

इलेक्ट्रोहोमले यसअघि नै डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा प्रदान गर्दै आएको थियो । अब उसले डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि दिनेछ ।

यसअघि पनि डिशहोमले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा यस्तो शोरूम सञ्चालनमा ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२