close

पुरानो स्मार्टफोन बिक्री गर्नुअघि बिर्सिनै नहुने महत्त्वपूर्ण काम

टेकपाना टेकपाना

फागुन ३, २०७८ १३:१६

पुरानो स्मार्टफोन बिक्री गर्नुअघि बिर्सिनै नहुने महत्त्वपूर्ण काम

काठमाडौं । हरेक हप्ता बजारमा नयाँ नयाँ स्मार्टफोन आइरहेका हुन्छन् । जसरी एकपछि अर्को गर्दै प्रविधि परिवर्तन हुँदै गइरहेको छ, ग्राहक समेत नयाँ प्रविधि आत्मसाथ गर्न त्यसैगरी लालायित हुने गर्छन् ।

यस्तोमा पुरानो स्मार्टफोन बिक्री गरेर नयाँ स्मार्टफोन खरिद गर्छन् । तर पुरानो स्मार्टफोन गर्नुअघि केही महत्त्वपूर्ण काम गर्न जरुरी छ, अन्यथा पछि गएर अप्ठ्यारो अवस्था निम्तिन सक्छ ।

त्यसैले आज हामी तपाईँलाई यस्तो महत्त्वपूर्ण ४ कामको बारेमा बताउँदैछौँ, जुन तपाईँले आफ्नो पुरानो स्मार्टफोन बिक्री गर्नुअघि विचार पुर्‍याउनुपर्ने हुन्छ । 

१. कन्ट्याक्टको ब्याकअपः

यदि तपाईँ एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्दै आउनु भएको छ भने पक्कै पनि त्यसमा आफ्नो जिमले अकाउन्ट लिङ्क गर्नु भएकै हुन्छ । यस्तोमा आफ्नो जिमेलमा फोनमा रहेका कन्ट्याक्ट नम्बरहरू सिंक गराउनुपर्ने हुन्छ ।

त्यसका लागि आफ्नो फोनको सेटिङमा जानुहोस्र गुगल छनौट गर्नुहोस् । अब त्यहाँ रहेको ब्याकअपको विकल्प छनौट गरी गुगल अकाउन्ट डेटामा जानुहोस् र कन्ट्याक्ट्समा टिक लागेको सुनिश्चित गरी मोर अप्सनमा गएर सिंक गर्नुहोस् ।

यसका साथै तपाईँले यहाँ क्लिक गरेर http://contacts.google.com/ म्यानुअल रुपमा समेत कन्ट्याक्ट सिंक गराउन सक्नुहुन्छ । 

२. फोटो तथा भिडिओको ब्याकअप

कन्ट्याक्ट्स जस्तै तपाईँले आफ्नो फोनमा रहेका महत्त्वपूर्ण फोटो तथा भिडिओ फाइलहरू समेत गुगल फोटोज, माइक्रोसफ्ट ड्राइभ, गुगल ड्राइभ अथवा ड्रपबक्स जस्ता क्लाउडमा ब्याकअप राख्न सक्नुहुन्छ । यस बाहेक फोनमा रहेका मिडिया फाइललाई हार्ड डिस्क वा एसएसडी कार्डमा स्टोर गर्न समेत सक्नुहुन्छ । 

३.फ्याक्ट्री रिसेटअघि विचार पुर्‍याउनुहोस्

फोनलाई फ्याक्ट्री रिसेट गर्नु अघि आफ्ना सबै गुगल अकाउन्ट वा अन्य अकाउन्टमा लगआउट गर्नुहोस् । ह्वाट्सएप तथा भाइबरको ब्याकअप राख्न पनि नभुल्नुहोस् । नयाँ स्मार्टफोनमा सिफ्ट हुनु अघि आफ्नो ह्वाट्सएप तथा भाइबर च्याट सेभ गर्नु एकदमै जरुरी हुन्छ ।

किन भने फ्याक्ट्री रिसेट गर्दा यी एपबाट भएका च्याट तथा कुराकानी र शेयर गरिएका डकुमेन्ट्स तथा अन्य सामग्री सबै डिलिट हुने गर्दछन् । त्यसैले ह्वाट्सएप च्याट तथा भाइबर च्याटलाई गुगल ड्राइभ वा अन्य क्लाउडमा ब्याकअप राख्नुहोस् । नयाँ स्मार्टफोन लिइसकेपछि यसरी राखिएको ब्याकअपबाट त्यसमा रिस्टोर गर्न सकिन्छ । 

४. अन्तिममाः 

एकपटक पुनः आफ्ना सबै फाइल ब्याकअप राखेको सुनिश्चित गर्नुहोस् । त्यसपछि मोबाइलको सेटिङमा गएर एर्स अल डेटा अर्थात फ्याक्ट्री रिसेट गर्नुहोस् ।

यसो गर्दा तपाईँको मोबाइलमा भएका तपाईँसँग सम्बन्धित सबै जानकारी डिलिट हुन्छन् । जसले गर्दा भोलिको दिनमा तपाईँको यो नयाँ स्मार्टफोन जोसुकैले प्रयोग गरेपनि तपाईँको निजी जानकारी उसको हातमा पुग्ने र दुरुपयोग हुने सम्भावना रहनेछैन ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२