close

साओमीले सार्वजनिक गर्‍यो गेमिङ स्मार्टफोन

टेकपाना टेकपाना

फागुन ५, २०७८ १३:७

साओमीले सार्वजनिक गर्‍यो गेमिङ स्मार्टफोन

काठमाडौं । विश्वमा बढ्दो गेमिङको लोकप्रियतालाई ध्यानमा राख्दै साओमीले नयाँ फ्ल्यागसिप फोन ‘रेड्मी के५० गेमिङ’ सार्वजनिक गरेको छ । स्न्यापड्रागन ८ जेन १ प्रोसेसर युक्त यो फोनमा डुअल भेपर चेम्बर कुलिङ टेक उपलब्ध गराइएको छ । जसले गेम खेल्दा मोबाइल ह्याङ हुने, तात्ने जस्ता समस्या यसमा नदेखिने दावी कम्पनीको छ ।

यो फोनमा १२० हर्ज रिफ्रसे रेट सहितको ६.६७ इन्चको फ्ल्याट ओएलईडी स्क्रिन छ । १२० वार्ट चार्जिङ सिस्टम उपलब्ध फोनमा ४७०० एमएएचको ब्याट्री उपलब्ध गराइएको छ । ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा ६४ मेगापिक्सेलको मेन क्यामेरा, ८ एमपीको अल्ट्रावाइड, २ एमपीको म्याक्रो लेन्स रहेका छ । त्यस्तै सेल्फीका लागि २० मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर रहेको फोनमा वाईफाई ६ई सपोर्ट र मीयुआई १३ लगायतका थुप्रै फिचरहरू उपलब्ध रहेका छन् । हाल चिनियाँ बजारमा मात्र सार्वजनिक भएको यो फोन चाँडै नै विश्व बजारमा उपलब्ध हुने अनुमान छ ।

चिनियाँ बजारमा यो फोन चार फरक भेरियन्टमा उपलब्ध भएको छ । जसमा ८ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२० डलर (करिब ६२ हजार पाँच सय रुपैयाँ) तोकिएको छ भने १२ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५६८ डलर (करिब ६८ हजार दुई सय रुपैयाँ) तोकिएको छ । साथै १२ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६१५ डलर (करिब ७४ हजार रुपैयाँ) तोकिएको छ ।

त्यस्तै रेड्मी के५० गेमिङ सिरिजको अर्को भेरियन्टमा ‘मर्सिडिज एफ१’ रहेको छ । जसले प्रयोगकर्तालाई गेमिङको अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीको दाबी छ । बजारमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको मर्सिडिज एफ१ भेरियन्टको मूल्य ६६२ डलर (करिब ८० हजार रुपैयाँ) तोकिएको छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२