ट्रेन्डिङ:
डिजिटल लर्निङ डेमा विभिन्न कार्यक्रम गर्दै निमा एकेडेमी दशैंमा नयाँ मोबाइल किन्नुभयो ? यी कुरामा ख्याल राख्नुहोस् उत्तर कोरियाली बिटक्वाइन मिक्सर ‘ब्लेन्डर’ माथि अमेरिकाले लगायो प्रतिबन्ध ब्लुटुथ ५.० सहित र्‍यापुको नयाँ स्मार्ट अडियो ग्लास नेपाली बजारमा, कति होला मूल्य ? अनलाइनबाट पैसा कमाउने १० तरिका आजसम्म तपाईँले कुन कुन मोबाइल एप चलाउनुभयो ? यस्तो छ थाहा पाउने सजिलो तरिका के तपाईंलाई थाहा छ युट्युबको सुरुवात किन भएको थियो ? गुगल प्ले स्टोरका यी ३ सेटिङ, जसले घटाउनेछ फोनको डेटा र ब्याट्री दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका फोहोरको ग्यासबाट अटो सञ्चालन
close

डिजिटल लर्निङ डेमा विभिन्न कार्यक्रम गर्दै निमा एकेडेमी

टेकपाना टेकपाना

फागुन ५, २०७८

डिजिटल लर्निङ डेमा विभिन्न कार्यक्रम गर्दै निमा एकेडेमी

काठमाडौं । डिजिटल शिक्षामा काम गर्दै आएको निमा एकेडेमीले ‘डिजिटल लर्निङ डे’ को अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक वर्ष फेब्रुअरी २२ का दिन विश्वभर डिजिटल शिक्षालाई बढवा दिन ‘डिजिटल लर्निङ डे’ आयोजना हुँदै आएको छ ।

यो वर्ष ‘डिजिटल शिक्षाका लागि सँगसँगै’ भन्ने नाराका साथ यो दिन मनाउने तय भएको छ । सोही अवसर पारेर निमा एकेडेमीले पनि नेपालमा डिजिटल शिक्षा सँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने भएको हो । ‘अबको परिवर्तन, डिजिटल शिक्षा सँगै’ भन्ने नाराका साथ निमाले नेपालमा अनलाइन मार्फत विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रम फेब्रुअरी २२ अर्थात फागुन १० गते देखी १४ गतेसम्म आयोजना हुने जनाइएको छ । कार्यक्रममा डिजिटल शिक्षाको महत्व लगायतका विषयमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ । साथै स्टोरी सेयरिङ तथा विभिन्न रचनात्मक कार्यक्रम पनि यसै बिच आयोजना हुने जनाइएको छ ।

जसमा सहभागीले विभिन्न उपहार समेत प्राप्त गर्नेछन् । साथै सोही कार्यक्रममार्फत छात्रवृति समेत घोषणा गर्ने तयारी भएको कम्पनीले जनाएको छ । पछिल्लो समय नेपालमा बढ्दो डिजिटल उपयोग र डिजिटल शिक्षालाई मध्यनजर गर्दै कम्पनीले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

कम्पनीको सन् २०१९ देखी नेपालमा यो कार्यक्रम गर्दै आएको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गरिने यो कार्यक्रमले नेपालमा डिजिटल शिक्षालाई विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।