close

विन्डोज ११ मा ह्वाट्सएप प्रयोगलाई सहज बनाउँदै मेटा

टेकपाना टेकपाना

फागुन ७, २०७८ १२:५

विन्डोज ११ मा ह्वाट्सएप प्रयोगलाई सहज बनाउँदै मेटा

काठमाडौं । मेटा अन्तर्गतको ह्वाट्सएपले मोबाइल भर्सनलाई धेरै महत्व दिँदै आएको छ भन्दा कुनै फरक पर्दैन । किन भने मोबाइल भर्सनका लागि कम्पनीले धेरै फिचरहरू उपलब्ध गराएको छ । जुन वेभ भर्सनमा उपलब्ध छैन ।

यसो भन्दैमा वेभ भर्सनमा पनि केही नभएको भन्ने पनि होइन् । कम्पनीले समय समयमा वेभ भर्सनमा नयाँ फिचर उपलब्ध गराउँदै आएको छ । यही क्रममा ह्वाट्सएपले विन्डोज ११ का लागि ह्वाट्सएपको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

कम्पनीले हाल बेटा भर्सनको रुपमा यसलाई सार्वजनिक गरेको हो । बेटा भर्सनमा प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा यसलाई थप परिमार्जन गर्ने योजनामा कम्पनी छ ।

यस बेटा भर्सनमा कम्पनीले ह्वाट्सएपको वेब भर्सनमा इमोजीमा नयाँ फिचर उपलब्ध गराएको जनाइएको छ । ह्वाट्सएपको मोबाइल भर्सनमा कुराकानी गर्दा इमेजी प्रयोग गर्न जति सहज छ त्यति सहज यसअघि वेब भर्सन थिएन ।

तर, अब भने वेभ भर्सनमा पनि सहज रुपमा इमोजी प्रयोग गर्न सकिने भएको छ । त्यसका लागि कम्पनीले इमोजीको नयाँ सर्टकर्ट उपलब्ध गराएको छ । जसमार्फत सहजै म्यासेजमा इमोजी प्रयोग गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२