close

भीआर प्लेटफर्मका प्रयोग १० गुणाले बढेको मेटाको दाबी

टेकपाना टेकपाना

फागुन ७, २०७८ १४:४८

भीआर प्लेटफर्मका प्रयोग १० गुणाले बढेको मेटाको दाबी

 काठमाडौं । मेटाले आफ्नो भीआर प्लेटफर्मको प्रयोग गएको तीन महिनामा १० गुणाले बढेको दाबी गरेको छ । केही समय अघिमात्रै फेसबुकले भर्चुअल रियालिटिसँग जोडिनकै लागि कम्पनीको नाम परिवर्तन गरि  ‘मेटा’ राखेको थियो । बजारमा मेटाको यो प्लेटफर्म खासै नचलेको भन्ने चर्चाहरू चलिरहँदा कम्पनीले भने गएको तीन महिनामा आफ्नो प्रयोगकर्ता १० गुणाले बढेको दाबी गरेको छ ।

विशेषगरी अमेरिका र क्यानडामा राम्रो स्थान पाएको मेटाको भीआर प्लेटफर्म (होराइजन वर्ल्ड र होराइजन भेन्यु) हालसम्म तीन लाख प्रयोगकर्ता जोडिएको कम्पनीले बताएको छ । यो संख्यामा होराइजन वर्करुमका प्रयोगकर्ताको संख्या भने जोडिएको छैन ।

मेटाले सन् २०१९ मा ओकुलस सोसल प्लेटफर्मको रुपमा फेसबुक होराइजन नामक होराइजन वर्ल्डको सुरुवात गरेको थियो । यसमा प्रयोगकर्ताले आफ्नो कम्मर भन्दा माथिको भाग मात्र भएको अवतार बनाउन सक्थे र आफ्नो भर्चुअल दुनियाँ आफैले आफ्नो इच्छा अनुसार बनाउन सक्थे ।

कम्पनीका अनुसार हाल सम्म करिब १० हजार ओटा यस्तो समाज स्थापना भएको छ । फेसबुकको यस्तो प्लेटफर्ममा यौनजन्य दुर्व्यवहार पनि भएको समाचार केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशन भएको थियो । कम्पनीले भीआरमा प्रयोगकर्ताको सुरक्षाको लागि आफूहरूले काम गरिरहेको पनि बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२