close

सोमबारबाट एप स्टोरमा उपलब्ध हुँदै ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’

टेकपाना टेकपाना

फागुन ८, २०७८ १०:४०

सोमबारबाट एप स्टोरमा उपलब्ध हुँदै ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ भोलि अर्थात सोमबारदेखि एप्पलको एप स्टोरमा उपलब्ध हुने भएको छ । हालसम्म परीक्षणकै क्रममा रहेको यस एपलाई ‘यूएस प्रेसिडेन्ट डे’ को दिन तयार पारेर एप स्टोरमा सार्वजनिक गरिने भएको हो ।

हाल यो एप बेटा परीक्षणको रुपमा केही प्रयोगकर्तालाई उपलब्ध गराइएको छ । सोही क्रममा एक जना बेटा टेस्टरले एपमै कम्पनीका प्रतिनिधिलाई एप सार्वजनिक गर्ने विषयमा प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा उक्त प्रतिनिधिले फेब्रुअरी २१ मा एप्पल स्टोरमा एप उपलब्ध हुने बताएका छन् ।

यो एप स्टोरमा उपलब्ध भएसँगै ट्रम्प सामाजिक सञ्जालमा पुनः फर्किने छन् । गएको जनवरी ६ तारिखमा फेसबुक र ट्वीटरले उनलाई प्रतिबन्ध लगाएसँगै ट्रम्प सामाजिक सञ्जालबाट बाहिर छन् ।

ठूला सामाजिक सञ्जालले प्रतिबन्ध गरेसँगै उनले गएको वर्ष नै आफ्नै एप ल्याउने घोषणा गरेका थिए । उनको सोही घोषणा अनुरूप नै यो सामाजिक सञ्जाल तयार भएको हो ।

यसअघि उनको सोसल मिडियाको सार्वजनिक मिति सरेको समाचार न्यू योर्क टाइम्सले लेखेको थियो । तर पछिल्लो अपडेट अनुसार सोमबारदेखि आईओएस प्रयोगकर्ताका लागि यो एप उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२