close

साओमीका यी फोनले पाउँदैछन् एन्ड्रोइड १३ अपडेट

टेकपाना टेकपाना

फागुन ८, २०७८ १८:३

साओमीका यी फोनले पाउँदैछन् एन्ड्रोइड १३ अपडेट

काठमाडौं । गुगलले हालै एन्ड्रोइड १३ को पहिलो डेभलपर प्रिभ्यु सार्वजनिक गरेको छ । आउँदो अप्रिलमा एन्ड्रोइड १३ को पब्लिक बेटा र अगस्टमा स्टेबल भर्सन उपलब्ध हुने अनुमान गरिएको छ ।

यो बीचमा यसका फिचरबारे धेरै चर्चा चलिरहेको छ । त्यस्तै कुन फोनले एन्ड्रोइड १३ अपडेट पाउनेछन् भन्ने विषयमा पनि धेरैमा उत्सुकता छ ।

चिनियाँ ब्राण्ड साओमीले पनि कुन फोनमा यो अपडेट दिने, अनि कुन फोनमा यो अपडेट नदिने भन्ने विषयमा आफ्नो तयारी गरेको छ ।

हालै मात्र साओमीयूआईले एक ट्वीट गर्दै कुन-कुन मोडलमा यो अपडेट आउने र कुनमा नआउने भनेर सूची सार्वजनिक गरेको छ । यो सूचीमा साओमी (मि), रेड्मी र पोको ब्राण्डका मोडल समावेश छन् ।

एन्ड्रोइड १३ अपडेट पाउने फोन 

-मि १० एस 

-मि ११/प्रो/अल्ट्रा 

-मि ११आई/११एक्स/११एक्स प्रो 

-साओमी ११ एक्स/ हाइपर चार्ज 

-साओमी ११ टी/ प्रो 

-साओमी १२/ प्रो / लाइट

-मि ११ लाइट फोरजी/ फाइभजी/एलई/ लाइट एनई फाइभजी 

-साओमी मिक्स ४/ मिक्स ५/ मिक्स ५ प्रो 

-साओमी मिक्स फोल्ड 

-साओमी सीआईभीआई 

-साओमी प्याड ५ सिरिज 

-एन्ड्रोइड १३ को अपग्रेड पाउने रेड्मी डिभाइसहरू 

-रेड्मी १०/प्राइम/२०२२/प्राइम २०२२ 

-रेड्मी नोट १०/१०एस/ प्रो/ प्रो म्याक्स/ प्रो फाइभजी 

-रेड्मी नोट १० टी/ १० फाइभजी 

-रेड्मी नोट ११/एनएफसी/ ११ एस / प्रो फोरजी/ प्रो फाइभजी 

-रेड्मी नोट ११ प्रो / प्रो प्लस / ११ ई प्रो 

-रेड्मी के४०/ प्रो / प्रो प्लस/ गेमिङ 

-रेड्मी के५०/ प्रो / गेमिङ/ गेमिङ लाइट 

-एन्ड्रोइड १३ को अपग्रेड पाउने पोको डिभाइसहरू 

-पोको एफ३/ जीटी 

-पोको एक्स ३ जीटी/ एक्स ३ प्रो 

-पोको एफ ४/ प्रो / जीटी 

-पोको एमथ्री प्रो फाइभजी/ एम४ प्रो फाइभजी/ एम४ प्रो फोरजी 

-पोको सी४ 

Image

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२