काठमाडौं । गुगलले हालै एन्ड्रोइड १३ को पहिलो डेभलपर प्रिभ्यु सार्वजनिक गरेको छ । आउँदो अप्रिलमा एन्ड्रोइड १३ को पब्लिक बेटा र अगस्टमा स्टेबल भर्सन उपलब्ध हुने अनुमान गरिएको छ ।
यो बीचमा यसका फिचरबारे धेरै चर्चा चलिरहेको छ । त्यस्तै कुन फोनले एन्ड्रोइड १३ अपडेट पाउनेछन् भन्ने विषयमा पनि धेरैमा उत्सुकता छ ।
चिनियाँ ब्राण्ड साओमीले पनि कुन फोनमा यो अपडेट दिने, अनि कुन फोनमा यो अपडेट नदिने भन्ने विषयमा आफ्नो तयारी गरेको छ ।
हालै मात्र साओमीयूआईले एक ट्वीट गर्दै कुन-कुन मोडलमा यो अपडेट आउने र कुनमा नआउने भनेर सूची सार्वजनिक गरेको छ । यो सूचीमा साओमी (मि), रेड्मी र पोको ब्राण्डका मोडल समावेश छन् ।