close

सेन्जेन सहरमा गुड्न थाले ड्राइभर बिनाका गाडी (भिडिओ सहित)

टेकपाना टेकपाना

फागुन ८, २०७८ १९:८

सेन्जेन सहरमा गुड्न थाले ड्राइभर बिनाका गाडी (भिडिओ सहित)

काठमाडौं । चिनियाँ कम्पनी बाइडुले सेन्जेन सहरमा आफ्नो सेल्फ-ड्राइभिङ ट्याक्सी सेवा सुरु गरेको छ । कम्पनीले चीनको बाक्लो जनसंख्या भएको सहरमा स्वचालित सवारी ल्याएको हो ।

सुरक्षाको हिसाबले अहिले पनि मान्छेहरूले नै गाडी चलाउनु सुरक्षित हुन्छ भन्ने विषय उठिरहेका बेला बाइडुले भने आफ्नो स्वचालित सवारी बजार विस्तार गरेको हो ।

करिब एक करोड ३० लाख जनसंख्या भएको सेन्जेन सहरमा बाइडुले ५० वटा यात्रु चढाउने र ओराल्ने ठाउँ निर्धारण गरेको छ, जहाँ स्वचालित सवारी पाउन सकिन्छ ।

स्वचालित ट्याक्सी बुक गर्नका लागि यात्रुले ‘एपोलो गो’ मोबाइल एप मार्फत ट्याक्सी बुक गर्न सक्छन् ।

चीनमा सबैभन्दा सुरुमा स्वचालित गाडीका लागि बेइजिङमा अनुमति दिइएको थियो । गत वर्षको नोभेम्बर महिनादेखि बेइजिङका केही निश्चित स्थानमा स्वचालित गाडी सञ्चालन भइरहेको छ ।

भिडिओ हेर्नुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२