close

आईफोन वा एन्ड्रोइड : तपाईंका लागि कुन उपयुक्त ?

टेकपाना टेकपाना

फागुन १०, २०७८ १२:२६

आईफोन वा एन्ड्रोइड : तपाईंका लागि कुन उपयुक्त ?

काठमाडौं । स्मार्टफोनमा आईफोन र एन्ड्रोइडबीच लडाईं जारी छ । पटक पटक यी दुईबीच कुन उत्कृष्ट भन्ने बहस चलिरहन्छ । नयाँ फिचर ल्याउने होडबाजीमा कहिले आईफोन अघि देखिन्छ, त कहिले एन्ड्रोइड फाेनले बाजी मार्छन् ।

वास्तवमा आईफोन र एन्ड्रोइडबीचको तुलना मूल्यभन्दा पनि यिनका विशेषताले गरिन्छ । आज हामीले भने फोन प्रयोग गरेको निश्चित समयपछि यसकाे मूल्यमा पर्ने प्रभावका आधारमा एन्ड्रोइड वा आइफोन कुन उपयुक्त छ भनेर चर्चा गर्दैछौं ।

तुलनात्मक हिसाबले आईफोन एन्ड्रोइडभन्दा महङ्गो छ। केही समय प्रयोग गरिसकेपछि बिक्री गर्नुपर्ने भयो भने आईफोन र एन्ड्रोइड फोनको बिक्री मूल्यमा कत्तिको फरक आउँछ त ? यसका लागि केही समयअघिको बजारलाई तुलना गरेर हेर्न सकिन्छ ।

-तीन वर्षको अवधिमा एन्ड्रोइडका फ्ल्यागशिप डिभाइसकाे मूल्य आईफोनकाे तुलनामा दुई गुणा छिटो घटेको छ ।

-सामसङ ग्यालेक्सी एस२१/एस२० काे रिसेल मूल्य आईफोन १२/११ का फोनको तुलनामा दोब्बरले घटेको छ ।

-ग्यालेक्सी जेट फोल्ड थ्रीको मूल्य पाँच महिनाको अवधिमा आधा मूल्यले घटेको छ ।

-गुगल पिक्सेल र वन प्लसको बजार मूल्य ३० दिनमै करिब आधाले घटेको थियो ।

-बजेट एन्ड्राेइड फाेनकाे मूल्य औसतमा एक वर्षको अवधिमा ४१.८२% घट्छ भने ३/४ वर्षमा बेकार नै हुन थाल्छ ।

सधैं सबै सन्दर्भमा एन्ड्राेइड स्मार्टफोनको मात्र मूल्य घट्छ भन्ने हुँदैन । उदाहरणका लागि २०२० मा आठ महिनाको अवधिमा आईफोन एसईको बजार मूल्य ३८.३२% ले घटेको थियो ।

त्यस्तै २०२१ मा तीव्र गतिमा ४८.७४% ले बजार मूल्यमा ह्रास आएको थियो ।

आईफोन र एन्ड्राेइड स्मार्टफोनको बजार मूल्यमा आउने ह्रासको तुलना हेर्ने हो भने पनि आईफोन धेरै हदसम्म उपयुक्त देखिन्छ । जस्तोः

-रिलिज भएको १ देखि ४ वर्षको अवधिमा औसत रूपमा आईफोनको व्यापार मूल्यमा १४.८० प्रतिशतले ह्रास आउँछ भने एन्ड्रोइडमा ३२.१८% ले ह्रास आउँछ ।

-चार वर्षपछि आईफोनको बजार मूल्यमा ४७.४९% ले ह्रास आउँछ भने एन्ड्रोइडको बजार मूल्यमा ७८.९४ प्रतिशतले ह्रास आउँछ ।

यसकारण पछिको बजार मूल्य हेर्ने हो भने आईफाेन एन्ड्रोइडभन्दा निकै उपयोगी हुने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२