close

एनसेलका ग्राहकले डेटा चलाउँदा अब क्यासब्याक पाउने

टेकपाना टेकपाना

फागुन १०, २०७८ १६:४८

एनसेलका ग्राहकले डेटा चलाउँदा अब क्यासब्याक पाउने

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा क्यासब्याक पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु. २० देखि रु ६० सम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

‘गज्जबको डेली जीबी प्याक’ अन्तर्गतको क्यासब्याक योजना सोमबारदेखि लागू भएको छ । यस योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन वा ३० दिनसम्म दैनिक १ जीबी र सात दिनसम्म दैनिक २ जीबीको गज्जबको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।

सात दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित रु. १६९ मा एक्टिभेट गर्न सक्छन् । यो प्याक एक्टिभेट गर्ने ग्राहकले रु २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् ।

त्यसैगरी ग्राहकले कर सहित मात्र रु. २६९ मा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यासब्याकबाट फाइदा लिन सक्छन् ।

त्यस्तै धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र रु ५९९ मा एक्टिभेट गर्न सक्छन् ।

यो प्याक एक्टिभेट गर्ने ग्राहकले रु ६० बोनस क्यासब्याक पाउँछन् । यस डेटा प्याक अन्तर्गत प्राप्त क्यासब्याक ग्राहकले ‘पे एज यू गो’ अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्याक एक्टिभेट गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२