close

हरेक भाषामा ट्रान्सलेट गर्न मिल्ने सफ्टवेयर ल्याउँदै मेटा

टेकपाना टेकपाना

फागुन १२, २०७८ १५:३९

हरेक भाषामा ट्रान्सलेट गर्न मिल्ने सफ्टवेयर ल्याउँदै मेटा

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मुख्य कम्पनी मेटाले विश्वका सबै भाषालाई उपयोगी हुनेगरी स्पिच ट्रान्सलेटर सफ्टवेयर ल्याउने घोषणा गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित हुने यो सफ्टवेयरले विश्वका सबै भाषामा काम गर्ने दाबी गरिएकाे छ । कम्पनीको मेटाभर्स परियोजना अन्तर्गत एउटा भागको रुपमा कम्पनीले यसलाई अघि बढाएको हो ।

विश्वमा रहेका जोसुकैले जुनसुकै भाषामा कुराकानी गर्न सकुन् भन्ने महत्वाकांक्षी योजनाका साथ मेटा अघि बढेको कम्पनीका सीईओ मार्क जुकरबर्गले बताएका छन् ।

यो महत्वाकांक्षी योजना मान्छेले सुपर पावरको रुपमा प्राप्त होस् भन्दै आएका थिए । उक्त सुपर पावरको सपना मेटाले एआईको सहायतामा प्रदान गर्ने लक्ष्य राखेकाे छ ।

‘हामी मान्छेले सुपर पावरको रुपमा प्राप्त होस् भन्दै आएको ट्रान्सलेसन फिचर एआईको सहयताले पुर्‍याउँदै छौं,’ जुकरबर्गले भने ।

उनका अनुसार कुनै पनि भाषामा दक्षता नहुँदा पछाडि पर्नुपर्ने बाध्यताकाे अन्त्य गर्न याे परियाेजना अघि बढाउन लागिएकाे हो ।

यसले रियल टाइममै बोलेका भाषालाई आफूले चाहेको भाषामा परिवर्तन गर्नेछ । त्यसका लागि एआईलाई ट्रेनिङ प्रदान गर्नुका साथै भाषामा आवश्यक जानकारी संकलन गर्नुपर्ने बाध्यता कम्पनीलाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३