close

कोभिड खोप लगाइसकेका कर्मचारीले मास्क नलगाए पनि हुन्छः गुगल

टेकपाना टेकपाना

फागुन १३, २०७८ ७:४८

कोभिड खोप लगाइसकेका कर्मचारीले मास्क नलगाए पनि हुन्छः गुगल

काठमाडौं । कोरोना महामारी आएसँगै सबैका लागि मास्क, खोप कार्ड, सामाजिक दूरी र कोभिड परीक्षण अनिवार्य बन्यो । पछिल्लो समय सबैका लागि निकै अपरिहार्य बनेको कोभिड मापदण्ड (मास्क, कोभिडको भ्याक्सिन, कोभिड परीक्षण, सामाजिक दूरी आदि) अहिले खुकुलो हुँदै गएको छ ।

जहाँ गए पनि खोप लगाएको प्रमाण देखाउनु पर्ने नियमहरू बने । त्यस्तै ठूला ठूला कम्पनीहरूले पनि आफ्ना कार्यालयका कर्मचारी एवं त्यहाँ सेवा लिन आउने सबैलाई कोभिड मापदण्ड पालना गर्नुपर्ने नियम बनाए । 

अब भने गुगलले कार्यालयभित्र भ्याक्सिन लगाइ सकेका कर्मचारीले कोभिडसँग सम्बन्धित नीति नियम पालना नगरे पनि हुने व्यवस्था मिलाएको छ । तर भ्याक्सिन नलगाएका कर्मचारीले भने कार्यालय परिसरभित्र सम्पूर्ण कोभिड मापदण्डहरू पालना गर्नुपर्नेछ ।

अन्यथा उनीहरूले त्यहाँ कुनै काम गर्न पाउने छैनन् । गुगलले पहिले खोप लगाएका र नलगाएका सबैका लागि कोभिड प्रोटोकल अनिवार्य पालना गर्नुपर्ने नियम बनाएको थियो ।

यदि नियम पालना नगरे सो कर्मचारीलाई तलब नदिने र त्यस्तै परे जागिरबाटै बर्खास्त गरिदिने घोषणा गरेको थियो । “घरबाटै काम गर्न असहज भएका कर्मचारीहरूलाई कार्यालयमै काम गर्न मिल्ने वातावरण सिर्जना गर्न यो पहल थालेका हौँ,” गुगलका प्रवक्ताले भनेका छन् ।

कोभिड-१९ भ्याक्सिन सुरक्षित र प्रभावकारी प्रमाणित भइसकेपछि अमेजनले दुई हप्ताअघि कोभिड मापदण्ड पालना गर्नु नपर्ने व्यवस्था सुरु गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३