close

अब मासिक ८०० मै आईपीटिभीसँगै भायनेटको ७५ एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

फागुन १३, २०७८ ११:२२

अब मासिक ८०० मै आईपीटिभीसँगै भायनेटको ७५ एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले भायटिभी सहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ । कम्पनीले ८०० रुपैयाँमै ७५ एमबीपीएस गतिको इन्टरनेट प्याकेजमा मासिक सब्स्क्रिप्सनसँगै निःशुल्क भायटिभी समेत पाउन सकिने गरी आकर्षक अफर सार्वजनिक गरेको हो । 

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गर्दै भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ । यो अफरमार्फत ग्राहकले उच्च गतिको इन्टरनेटका साथै मनोरञ्जनात्मक च्यानलहरूको समेत आनन्द लिन सक्नेछन् ।

भायटिभीका ग्राहकहरूले १७५ भन्दा टेलिभिजन च्यानलका साथै चलचित्र र टेलिश्रृङ्खला समेत हेर्न सक्ने छन् । यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस गतिको हाइस्पिड इन्टरनेट सहित नि:शुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डेटा उपलब्ध गराएको थियो ।

ग्राहकले अझै पनि ८०० रुपैयाँ प्रति महिनामा यो अफरको लाभ उठाउन सक्नेछन् । यस बाहेक भायटिभीको सेट-टप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ ।

जसमार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने सुविधा प्राप्त गर्न सक्छन् । मिनी प्याकका ग्राहकले भायटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन् ।

प्रयोगकर्ताहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत भाय टिभी एप डाउनलोड गरी भाय टिभीमा उपलब्ध सुविधाहरू मोबाइल तथा ट्यब्लेटमा समेत लिन सक्छ्न् । उच्च गतिको इन्टरनेटमा अन्य योजना अन्तर्गत भायानेटले अल्ट्रा-फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ ।

जसको मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो । जसको सब्स्क्रिप्सनमा दुई ओटा भायटिभी समेत पाउन सकिन्छ । यसको मूल्य मासिक १२५० रुपैयाँ राखिएको छ । 

मिनी प्याकमार्फत भायनेटले सामान्य उपभोक्तालाई मात्र नभएर उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३