close

फोटोमा भएका अनावश्यक वस्तु हटाउने सजिलो तरिका

टेकपाना टेकपाना

फागुन १४, २०७८ १७:४१

फोटोमा भएका अनावश्यक वस्तु हटाउने सजिलो तरिका

काठमाडौं । हामीले फोटो खिच्दा सधैंभरी हामीले चाहेजस्तो राम्रो नआउन सक्छ । कहिलेकाहिँ हामीले खिचेको फोटोमा अनावश्यक वस्तु आइरहेका हुन्छन् ।

जस्तो तपाईंले कोठाभित्र एउटा राम्रो फोटो खिच्नुभयो, तर तपाईंको फोटोमा पछाडि डस्टबिन रहेछ भने त्यो नआएको भए हुन्थ्यो अथवा हटाउन सके हुन्थ्यो भन्ने सोच्नुभएको क्षण कति धेरै होला ।

यस्तो अवस्थामा फोटोमा भएका अनावश्यक वस्तु हटाउनको लागि थुप्रै एप र वेबसाइट छन् । यद्यपि कुन चाहिँ सहज र राम्रो भन्ने सोचमा हुनुहुन्छ भने क्लिनअप पिक्चर्स एउटा उपयुक्त विकल्प हुनसक्छ ।

यो वेबसाइट प्रयोग गरेर तपाईंले आफ्नो फोटोमा भएका अनावश्यक वस्तुलाई पेन्ट गरेर सहजै हटाउन सक्नुहुन्छ । 

यस्ताे छ तरिका

  • क्लिनअप पिक्चर्सको वेबसाइटमा जानुहोस् ।
  • आफूले चाहेको फोटो अपलोड गर्नुहोस् ।
  • स्क्रिनको कर्सरमा पेन्टब्रसको आइकन देख्नुहुन्छ । त्यसलाई स्क्रिनमा ड्रयाग गरेर आफूले हटाउन खोजेको वस्तुमा पेन्ट गर्नुहोस् । (आफ्नो आवश्यकता अनुसार पेन्टब्रसको आकार सानो र ठूलो गर्न सक्नुहुनेछ ।)      
  • अनावश्यक वस्तु हटाइसकेपछि स्क्रिनको दाहिनेतिर भएको ‘डाउनलोड’ अप्सनमा क्लिक गरेर फोटो सेभ गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३