close

एप्पललाई २४ हजारमै आईफोन ल्याउने अवसर

टेकपाना टेकपाना

फागुन १६, २०७८ १३:२७

एप्पललाई २४ हजारमै आईफोन ल्याउने अवसर

काठमाडाैं । आफ्नो बजार विस्तार गर्न एप्पलले बेला बेलामा सस्तो आईफोन ल्याउने गरेको छ । हाल बजारमा बाहिरिएका केही समाचारलाई आधार मान्ने हो भने एप्पलले आउँदो मार्च ८ मा फाइभजी कनेक्टिभिटीसहित ‘आईफोन एसई थ्री’ बजारमा ल्याउने योजना बनाएको छ ।

हाल ३९९ डलर पर्ने आईफोन एसईकाे मूल्य १९९ डलर (करिब २४ हजार रूपैयाँ) मा झार्न सके एप्पलले तीव्र गतिमा बजार विस्तार गर्नसक्ने देखिन्छ ।

महँगाे ब्राण्डका रूपमा स्थापित एप्पलले उदयीमान बजारका लागि कम मूल्यकाे आईफोन ल्याउन लागेको चर्चा छ, जसको मूल्य २९९ डलरकाे हारहारीमा हुने चर्चा छ ।

अझ सस्ताे मूल्य अर्थात् १९९ डलरमै नयाँ आईफोन एसई ल्याउन सके विशेषगरी एन्ड्राेइड स्मार्टफाेनकाे बजारमा धक्का पुग्ने अनुमान गरिएकाे छ ।

यसले खासगरी बजेट सेगमेन्टमा एन्ड्राेइड फाेनकाे बजार हिस्सा भएका अफ्रिका, दक्षिण अमेरिका र एसियाली देशमा प्रभाव पुग्न सक्नेछ ।

सन् २०१३ मा गरिएको एक सर्वेक्षणमा बजारमा कम मूल्यकाे आईफोनको माग अत्याधिक रहेको पाइएको थियो । तर, शेयर बजारको पछि लागेर सस्ताे मोडेल लन्च नगर्ने भन्दै एप्पलले सस्ता फोनप्रति केही धारणा बनाएको थिएन ।

पछि सन् २०१६ मा पुनः सस्तो फोन बजारमा ल्याउन ३०० डलरमा आईफोन एसई सार्वजनिक गर्‍यो, जुन त्यसबेलाका महंगा मानिएका एन्ड्रोइड फोनभन्दा पनि धेरै थियो । त्यो मूल्य पाँच वर्षसम्म कायम रहिरह्यो ।

एप्पलले अझ सस्ताे मूल्यमा आईफोन एसई लन्च गरे, याे कुरा पक्का छ कि, यसले अत्याधिक ग्राहक पाउनेछ । कम मूल्यमा आईफोन लिएका ग्राहकको आम्दानीबाट नै सो रकम परिपूर्ति हुने देखिन्छ ।

आईफोन प्रयोग गर्ने रहर धेरैको भए पनि महँगाे मूल्यकै कारण मानिसहरू पछि सर्छन् ।

अर्कोतिर फाइभजी सपोर्ट गर्ने एसईको मूल्य २९९ डलर राख्ने चलिरहँदा फोरजी भेरियन्टमा पनि यो मोडल ल्याउन सके मानिसहरु यसप्रति आकर्षित हुनसक्छन् ।

यसबाहेक पनि आईफोन कम मूल्यमा बजारमा ल्याउन एप्पलले अपनाउनसक्ने रणनिति धेरै छन् । विश्वका धेरै जनसङ्ख्या भएका देश चीन, भारतमा विशेष योजना बनाई बजारमा ल्याउन सके आईफोनका ग्राहक निकै बढ्नसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३