close

फेसबुकको ‘हल अफ फेम’ मा ९ नेपाली इथिकल ह्याकर

टेकपाना टेकपाना

फागुन १७, २०७८ १२:२०

फेसबुकको ‘हल अफ फेम’ मा ९ नेपाली इथिकल ह्याकर

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले सन् २०२२ को ‘हल अफ फेम’ को पहिलो सूची सार्वजनिक गरेको छ । फेसबुकले सार्वजनिक गरेको ३२ जनाको सूचीमा नाै नेपाली युवाको नाम पनि रहेको छ ।

फेसबुकको हल अफ फेम एउटा यस्तो प्लेटफर्म हो, जहाँ फेसबुकमा रहेका सुरक्षा कमजोरीलाई पत्ता लगाएर फेसबुकलाई सुरक्षित राख्न मद्दत गर्ने इथिकल ह्याकरलाई सम्मानस्वरुप उनीहरूको नाम राख्ने गरिन्छ ।

यस सूचीमा ह्याकरहरूको नाम उनीहरुको योगदानको आधारमा नाम परिवर्तन भइरहन्छ । सन् २०२२ को पहिलो सूची पनि हालै सार्वजनिक गरेको छ, जसमा नाै नेपाली युवाको नाम पनि सूचीकृत भएको छ ।

सूचीकृत हुने नेपालीमा मनाेज गाैतम छैटाैं, समिप अर्याल आठौं र सौगात पोखरेल १०औं स्थानमा छन् ।

यसैगरी सजन कार्की १३औं, विजय केसी १९औं, कुञ्जन नायक २१औं, सुदिप शाह २६औँ, प्रज्ज्वल ढुंगाना २७औं र सन्तबहादुर घर्ती मगर २९औं स्थानमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३