close

चैत १ मा विश्व बजारमा सार्वजनिक हुँदै साओमी १२ सिरिज

टेकपाना टेकपाना

फागुन १७, २०७८ १३:४

चैत १ मा विश्व बजारमा सार्वजनिक हुँदै साओमी १२ सिरिज

काठमाडौं । साओमीले आउँदो १५ मार्च अर्थात् चैत १ मा विश्व बजारमा साओमी सिरिज उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले आफ्नो पछिल्लो फ्ल्यागशिप सिरिज चीन बाहिरका बजारमा विस्तार गर्ने तयारी गरेको हो ।

गत डिसेम्बरको अन्त्यतिर साओमीले चिनियाँ बजारमा साओमी १२ र साओमी १२ प्रो सार्वजनिक गरेको थियो । त्यस्तै कम्पनीले अर्काे माेडल ‘साओमी १२ एक्स’ ल्याउने घाेषणा गरेपनि हालसम्म उपलब्ध गराएकाे छैन ।

कम्पनीले विश्व बजारमा कुन कुन मोडल उपलब्ध गराउने भन्ने विषयमा केही जानकारी दिएको छैन ।

हाल बाहिरिएका खबरलाई आधार मान्ने हो भने कम्पनीले साओमी १२ मिनी, साओमी १२ लाइट र साओमी १२ अल्ट्रा बजारमा ल्याउने चर्चा छ ।

विश्व बजारमा सार्वजनिक भएको केही समयमै नेपाली बजारमा पनि यो सिरिज उपलब्ध हुने अनुमान गरिएको छ ।

याे पनि पढ्नुहाेस्: साओमी १२ सिरिजका आकर्षक स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३