close

वर्षौंपछि एन्ड्रोइडमा आउँदैछ आईफोनको एउटा फिचर

टेकपाना टेकपाना

फागुन १७, २०७८ १४:२७

वर्षौंपछि एन्ड्रोइडमा आउँदैछ आईफोनको एउटा फिचर

काठमाडौं । यदि तपाईँ एन्ड्रोइड स्मार्टफोन प्रयोग गरिरहनु भएको छ भने पक्कै पनि तपाईँको मोबाइलमा एलईडी फ्ल्याश सहितको क्यामेरा सेटअप हुनुपर्छ ।

कम उज्यालो भएको स्थानमा फोटो खिच्न सहज हुनुका साथै तपाईँले यसलाई टर्च लाइटको रुपमा समेत प्रयोग गर्न सक्नुहुन्छ । एप्पलले विगत लामो समयदेखि आईफोनको फ्ल्याश लाइटको उज्यालोपन घटबढ गर्ने विकल्प समेत दिँदै आएको छ ।

तर अधिकांश एन्ड्रोइड फोनहरूले केवल अन-अफ गर्ने विकल्प दिने गरेका छन् । इस्पर्सका मिशाल रहमानका अनुसार एन्ड्रोइड १३ मा भने यसमा परिवर्तन देख्न सकिनेछ ।

गुगलको आगामी अपरेटिङ सिस्टममा दुईवटा नयाँ एपीआई हुनेछन्, जसको नाम ‘getTorchStrengthLevel’ र ‘turnOnTorchWithStrengthLevel’ रहेको छ ।

पहिलो विधिले एलईडी फ्ल्याश लाइटको ब्राइटनेस घटबढ गर्ने सुविधा दिनेछ भने दोस्रोले न्यूनतम एकदेखि हार्डवेयरले सपोर्ट गर्ने अधिकतम लेभलसम्मको विकल्प दिनेछ ।

यसअघि एपहरूले ‘सेटटर्चमोड’ नामक एपीआई मार्फत एलईडी स्विच अन तथा अफ गर्न मात्रै पाउने अवस्था रहेको थियो ।

यद्यपि सबै एन्ड्रोइड १३ मा आधारित फोनहरूले फ्ल्याशलाइटको उज्यालोपन घटबढ गर्न सक्ने छैनन् । ब्लगका अनुसार यो फिचरका लागि क्यामेरा हार्डवेयरमा एउटा अपडेट आवश्यक पर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३