close

मंगलबार एप्पलको ‘पीक पर्फर्मेन्स’ इभेन्ट, यस्ता छन् सम्भावित प्रडक्ट

टेकपाना टेकपाना

फागुन १९, २०७८ १४:५४

मंगलबार एप्पलको ‘पीक पर्फर्मेन्स’ इभेन्ट, यस्ता छन् सम्भावित प्रडक्ट

काठमाडौं । एप्पलले सन् २०२२ को पहिलो कार्यक्रम ‘पिक पर्फर्मेन्स’ आउँदो मंगलबार अर्थात मार्च ८ मा  आयोजना गर्ने भएको छ । कम्पनीले बिहीबार आउँदो कार्यक्रम बारे जानकारी दिएको हो ।

कार्यक्रम एप्पलको कार्यलय स्थित ‘स्टिभ जब्स थ्रेटर’ मा प्यासिफिक टाइमअनुसार बिहान १० बजे (नेपाली समय बेलुका ११ बजेर ४५ मिनेट) सुरु हुनेछ ।

कार्यक्रमको लाइभ एप्पलको वेबसाइट तथा युट्युवमार्फत गरिने जनाइएको छ । कम्पनीका अनुसार यो कार्यक्रम लाइभ नभई रेकर्डेड हुने हुनेछ । यसअघि नै रेकर्ड गरेर राखिएको कार्यक्रम युट्युव तथा वेबसाइटमा स्ट्रिम गरिनेछ ।

आउँदो कार्यक्रममार्फत के–कस्ता प्रडक्ट सार्वजनिक हुनेछ भन्ने विषयमा कम्पनिले कुनै जानकारी दिएको छैन् । तर, यसअघि बाहिरिएका जानकारी अनुसार यस कार्यक्रममार्फत कम्पनीको सस्तो स्मार्टफोन ‘एप्पल एसई’ को नयाँ भर्सन उपलब्ध हुनेछ ।

iPhone SE 2022 Red Feature

त्यस्तै कम्पनीले आईप्याड एयर र एप्पल स्लिकन चिपमा आधारित १३ इन्चको ‘म्याक मिनी’ म्याक सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसका साथै सन् २०२० मा सार्वजनिक भएको आईप्याड एयरको अपडेटेड भर्सन पनि सार्वजनिक हुनसक्ने आकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२