close

२१ घण्टासम्म ब्याट्री टिक्ने सामसङ ग्यालेक्सी बुक २ प्रो ल्यापटप सार्वजनिक, यस्ता छन् अन्य फिचर

टेकपाना टेकपाना

फागुन १९, २०७८ २१:३४

२१ घण्टासम्म ब्याट्री टिक्ने सामसङ ग्यालेक्सी बुक २ प्रो ल्यापटप सार्वजनिक, यस्ता छन् अन्य फिचर

काठमाडौं । सामसङ ग्यालेक्सी बुक २ प्रो ल्यापटप सार्वजनिक काठमाडौं । सामसङले आफ्नो फ्ल्यागशिप ल्यापटप लाइनअप सार्वजनिक गरेको छ । कम्पनीले एस पेन सहित ग्यालेक्सी बुक टु प्रो ३६० तथा फाइभजीका साथ ग्यालेक्सी बुक टु प्रो बजारमा ल्याएको हो ।

उत्कृष्ट भिडिओ फिडका लागि ल्यापटपमा १०८० पी एफएचडी वेबक्याम र भ्यु एङ्गल दिइएको छ । कम्पनीका अनुसार ग्यालेक्सी बुक टु प्रो सिरिज अन्तर्गत दुई ल्यापटपले प्रयोगकर्तालाई राम्रो कनेक्टिभिटी उपलब्ध गराउनेछन् ।

जसमा तपाईँले राम्रो पर्फर्मेन्स, अल्ट्रा पोर्टेबल डिजाइन र ग्यालेक्सी एक्सपिरियन्स पाउन सक्नुहुनेछ । ग्यालेक्सी बुक टु प्रो ग्रेफाइट र सिल्भर कलरमा आएको छ ।

जब कि ग्यालेक्सी बुक टु प्रो ३६० भने बरगन्डी, ग्रेफाइट र सिल्भर फिनिस कलरमा पाउन सकिनेछ । ग्यालेक्सी बुक टु प्रो सिरिजमा माइक्रोसफ्टको सुरक्षित कोर पीसी सहितको पहिलो उपभोक्ता लाइनअप पीसी हो ।

जसमा सम्भावित साइबर आक्रमणबाट सुरक्षा बढाउनका लागि विन्डोज इलेभेनमा उन्नत स्तरको सेफ्टी दिइएको छ । यसमा तपाईँले २१ घन्टासम्म टिक्ने ब्याट्री पाउन सक्नुहुनेछ ।

साथै ग्यालेक्सी बुक टु प्रो सिरिजमा सुपर फास्ट यूएसबी टाइप-सी युनिभर्सल चार्जर पाउन सकिनेछ । ग्यालेक्सी बुक टु प्रो सिरिजमा पछिल्लो १२ औँ पुस्ताको इन्टेल कोर प्रोसेसर राखिएको छ ।

यसलाई अटो फ्रेमिङ, नयाँ ब्याकग्राउन्ड इफेक्ट र फेस इफेक्ट टुल सहित थुप्रै फिचरका साथ अपग्रेड गरिएको छ । ग्यालेक्सी बुक प्रो सिरिजका ल्यापटपले एकेजी तथा डल्बी एटमस साउन्ड प्रविधिलाई समेत सपोर्ट गर्दछन् । आउँदो मार्च १८ देखि प्रि अर्डर खुला हुने ग्यालेक्सी बुक टु प्रो ल्यापटप आगामी अप्रिलदेखि मात्रै बजारमा उपलब्ध हुनेछन् ।

ग्यालेक्सी बुक टु प्रोको मूल्य अन्तर्राष्ट्रिय बजारमा एक हजार ४९.९९ अमेरिकी डलर (करिब एक लाख २५ हजार रुपैयाँ) बाट सुरु हुन्छ । त्यसैगरी ग्यालेक्सी बुक टु प्रो ३६० को मूल्य एक हजार २४९.९९ अमेरिकी डलर (करिब एक लाख ५९ हजार रुपैयाँ) माथि छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२