close

नयाँ वर्षसँगै एमडीएमएस पूर्ण रुपमा लागू हुने, नेपालमा अवैध मोबाइलमाथि प्रतिबन्ध लाग्ने

टेकपाना टेकपाना

फागुन २०, २०७८ १३:५१

नयाँ वर्षसँगै एमडीएमएस पूर्ण रुपमा लागू हुने, नेपालमा अवैध मोबाइलमाथि प्रतिबन्ध लाग्ने

काठमाडौं । सरकारले आगामी नयाँ वर्ष २०७९ को सुरुवातसँग नेपालमा अवैध मोबाइलमाथि प्रतिबन्ध लगाउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अवैध मोबाइल नियन्त्रण गर्न वैशाख मसान्तसम्म मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा सञ्चालनमा ल्याउने बताए ।

प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले एमडीएमएस पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन् । प्राधिकरणले गत साउन १ देखि आईएमईआई नम्बर अनिवार्य गर्दै एमडीएमएस प्रणाली प्रारम्भिक रुपमा सुरु गरेको थियो ।

तर आवश्यक सम्पूर्ण उपकरण तथा पूर्वाधार तयार नभइसकेको भन्दै त्यसलाई पूर्ण रुपमा सञ्चालनमा आउन भने सकेको थिएन । पहिलो चरणमा व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम मार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

साथै यस प्रणालीलाई क्रमश पूर्णरूपमा लागू गरी मोबाइलको आयात एवम् प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइने प्राधिकरणले जनाएकाे छ । हाललाई व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने छ । हाल सञ्चालनमा रही प्रयोगमा आएका मोबाइलहरू सञ्चालनमा कुने वाधा अवराेध नआउने बताइएकाे छ । तर त्यस उपरान्त अवैध रुपमा आयात हुने तथा दर्ता नभएका मोबाइल सेटहरू भने नेपालमा चलाउन नसकिने गरी प्रतिबन्ध लाग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२