close

२५ विद्यार्थीलाई हाम्रोपात्रोमा फेलोशिप, कोको भए छनौट ?

टेकपाना टेकपाना

फागुन २०, २०७८ १७:१०

२५ विद्यार्थीलाई हाम्रोपात्रोमा फेलोशिप, कोको भए छनौट ?

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले २५ जना विद्यार्थीलाई फेलोशिप प्रदान गरेको छ । कम्पनीले फेलोशिप प्रोग्राम २०२२ अन्तर्गत विद्यार्थी छनौट गरेको हो ।

हाम्रोपात्रोकी प्रबन्ध निर्देशक सुदिना गौतमले छनौट भएका २५ जना विद्यार्थीलाई हाम्रो पात्रोमा छ महिनाका लागि फेलोशिप प्रदान गरिएको जानकारी दिइन् । ‘फेलोशिप प्राप्त गर्ने विद्यार्थी मध्ये उत्कृष्टलाई कम्पनीमै रोजगारी समेत दिने योजनामा छौँ,’ उनले भनिन् ।

फेलोशिप प्राप्त गर्ने विद्यार्थीले हाम्रोपात्रोको कार्यालयमा दैनिक चार घण्टा काम गर्नेछन् । जसबापत उनीहरूलाई मासिक दश हजार रुपैयाँ पारिश्रमिक समेत उपलब्ध समेत गराइनेछ । हाम्रोपात्रोले पहिलो पटक सुरु गरेको फेलोशिप कार्यक्रम आगामी वर्ष समेत निरन्तरता दिने बताएको छ ।

क्र.संविद्यार्थीक्याम्पस
१.सरोज डङ्गोलकिस्ट कलेज अफ म्यानेजमेन्ट
२.दिप्सन अधिकारीजनकपुर इन्जिनियरिङ कलेज
३.मुकेश कुमार चौधरीनेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी
४.साहिलकुमार रञ्जितप्राइम कलेज
५.रोजन अधिकारीकाठमाडौं इन्जिनियरिङ कलेज
६.सचिन शाक्यसमृद्धि कलेज
७.अलिना श्रेष्ठभेदाज कलेज
८.गृश्म थापा मगरकान्तिपुर इन्जिनियरिङ कलेज
९.सुशान्त बाबु लुइटेलनेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी
१०.श्रीश तिताजूख्वप इन्जिनियरिङ कलेज
११.दिपु दाहालथापाथली क्याम्पस
१२.ज्योति शर्मानेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी
१३.जीवन पुडासैनीपाटन मल्टिपल क्याम्पस
१४.सुहाेन्तबिक्रम रानाहिमालय कलेज अफ इन्जिनियरिङ
१५.युक्तप्रसाद शर्मानेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी
१६.मिली कायस्थनेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी
१७.कृष्ण रिजालभक्तपुर मल्टिपल क्याम्पस
१८.मनिषकुमार मन्डलनेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी
१९.प्रज्ज्वल घिमिरेअर्किड इन्टरनेसनल कलेज
२०.संस्कृति लम्सालअर्किड इन्टरनेसनल कलेज
२१.अस्विन खतिवडापाटन मल्टिपल क्याम्पस
२२.सुजन बोहराएसियन कलेज अफ हायर स्टडिज
२३.अस्मिता मिश्रकाठमाडौं इन्जिनियरिङ कलेज
२४.सविन गौतमपाटन मल्टिपल कलेज
२५.प्रतिक पौडेलनेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२