close

भ्रामक ट्वीट पहिचान गर्न ट्वीटरले ल्यायो ‘बर्डवाच’ फिचर

टेकपाना टेकपाना

फागुन २१, २०७८ ९:५२

भ्रामक ट्वीट पहिचान गर्न ट्वीटरले ल्यायो ‘बर्डवाच’ फिचर

काठमाडौं । ट्वीटरले आफ्नो क्राउड सोर्सिङ फ्याक्ट चेकिङ प्रोजेक्ट ‘बर्डवाच’ विस्तार गर्ने भएको छ । ट्वीटरमा पोस्ट हुने सामग्रीहरू भ्रामक नभई सही होस् भन्ने उद्देश्य सहित कम्पनीले केही समय अगाडि मात्र यो प्रोजेक्टमा पाइलट परीक्षण थालेको थियो । अब भने कम्पनीले यसलाई विस्तार गर्न लागेको हो ।

यो फिचरले ट्वीटरमा पोस्ट भएका भ्रामक ट्वीटहरू पहिचान गर्न सहयोग गर्नेछ । कम्पनीले यो परीक्षण अमेरिकाबाट सुरु गर्दैछ । अमेरिकाका केही प्रयोगकर्ताहरूले बर्डवाचका नोटहरू आफ्नो ट्वीटमा देख्न सक्नेछन् ।

बर्डवाचमा तथ्य परीक्षण गर्न अमेरिकामा रहेका जो कोहीले पनि साइन अप गर्न सक्छन् । पछिल्लो समयमा सामाजिक सञ्जालका अन्य प्लेटफर्महरू जस्तै ट्वीटरले पनि आफ्नो प्लेटफर्ममा गलत जानकारी विरुद्ध काम गर्न लागिपरेको छ ।

सुरक्षाका विभिन्न अवसरहरू सिर्जना गर्दागर्दै पनि झुटा समाचारहरू फैलिन कम नभएको भन्दै ट्वीटरले फ्याक्ट चेकिङ अर्थात तथ्य जाँच गर्न लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२