close

सामसङमाथि ग्यालेक्सी स्मार्टफोनको क्षमता सीमित गरेको आरोप

टेकपाना टेकपाना

फागुन २२, २०७८ १९:२०

सामसङमाथि ग्यालेक्सी स्मार्टफोनको क्षमता सीमित गरेको आरोप

काठमाडौं । सामसङमाथि ग्यालेक्सी स्मार्टफोनको कार्य क्षमता जानीजानी घटाएको आरोप लागेको छ । 

विभिन्न टेस्टिमोनियलहरूमा प्रयोगकर्ताले ग्यालेक्सी स्मार्टफोनले बेन्चमार्क एप्लिकेसन खुला रहेको बेला धेरै चार्ज खपत गर्ने गरेको उल्लेख गरेका छन् । त्यस्तै सामसङले प्रयोगकर्तालाई धोका दिएको आरोप पनि लागेको छ । केही वर्षदेखि सामसङलाई स्मार्टफोनको क्षमता सीमित गराएको भन्ने आरोप लाग्दै आइरहेको थियो । यो ब्रान्डमा केही एप खुलिरहेको बेला चिपसेटको पावर कम हुने गरेको विभिन्न टेस्टिमोनियलहरूले दावी गरेका छन् । त्यस्तै केही मोबाइल गेमहरूमा पनि फोनको पर्फर्मेन्स सुस्त हुने समस्या देखिरहेको छ । 

अर्कोतर्फ सामसङले आफ्ना स्मार्टफोनको एसओसीले बेन्चमार्किङ एप चलिरहेको बेला उपलब्ध भएको सम्पूर्ण पावर पठाउन मिल्ने फिचर ल्याएको  थियो । यसले गर्दा विभिन्न इन्टरनेट प्रयोगकर्ताले गेमको क्षमता बढाउन आफूले प्रयोग गर्ने एपको नाम परिवर्तन गरेर बेन्चमार्किङ एपको नाम राख्न थालेका थिए । उदाहरणका लागि दक्षिण कोरियाका केही मानिसले ‘गेनशिन’ नामक एपको नाम परिवर्तन गरेर ‘गिकबेन्च’ राख्दा गेमको क्षमता बढेको पाएका थिए । 

साथसाथै अन्य प्रख्यात युट्युब भिडिओग्राफरहरूले पनि ग्यालेक्सी एस २२ लगायत अन्य स्मार्टफोनले प्रदान गरेको क्षमतालाई लिएर चिन्तित भएको बताएका छन् । केही समयअघि मात्र सामसङले आफ्नो ओँरले फर्मवेयरमा खुल्न लागेका केही एपहरूको क्षमता घटाउने फिचर ल्याएको थियो । दक्षिण कोरियाका एक प्रयोगकर्ताले यस फिचरबले दश हजार बढी एपहरू प्रभावित पारेको दावी गरेका छन् । इन्टरनेट प्रयोगकर्ता र दक्षिण कोरियाका ब्लगर ‘नाभेर’ का अनुसार यस विषयमा केन्द्रित रहेर सामसङले भित्री अनुसन्धान थालेको छ । 

सो ब्लगले उत्पादनकर्ताले निकट भविष्यमा आधिकारिक रूपमा यस विषयमा छलफल गर्नुपर्ने दाबी गरेको छ । निर्माताले स्मार्टफोनको क्षमता सीमित पारेको यो घटना पहिलो भने होइन । यसअघि पनि वन प्लसले ब्याट्री लाइफ बचाउन फोनको क्षमता सीमित पारेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२