close

२० मिनेट चार्ज गर्दा टेस्ला गाडीका मालिकलाई ७ करोडको बिल !

टेकपाना टेकपाना

फागुन २४, २०७८ ११:१४

२० मिनेट चार्ज गर्दा टेस्ला गाडीका मालिकलाई ७ करोडको बिल !

काठमाडौं । विद्युतीय गाडी एक पटक चार्ज गर्दा ७ करोडभन्दा बढीको बिल आयो भन्दा पत्याउनुहुन्छ ? चीनका एकजना टेस्ला चालकलाई भने यस्तै घटना सामना गर्नुपरेकाे छ ।

गाडीभन्दा महंगो चार्जिङ बिल देखेपछि उनी अचम्ममा परे । टेस्लाले सुपर चार्जिङ स्टेसनमा हालसम्म आफ्ना ग्राहकलाई निःशुल्क रूपमै चार्ज गर्ने मिल्ने व्यवस्था गरेको छ ।

तर, सोही सुपर चार्जमा टेस्ला मोडल ३ का चालकलाई भने ३८ लाख ४६ हजार ३०६ युआन अर्थात ६ लाख डलरको बिल आयो ।

छ लाख अमेरिकी डलर (सात करोड ४० लाख रूपैयाँभन्दा बढी), त्यो पनि २० मिनेटको चार्जिङमा उठ्नु कुनै हिसाबले पनि व्यवहारिक थिएन ।

उनले चार्ज गरेर चार्जिङ स्टेशनबाट गाडी निकालेसँगै मोबाइलमा रहेको टेस्लाको एपमा नोटिफिकेशन आएको थियो ।

सो नोटिफिकेशन उनका लागि अनौठो हुन पुग्यो । नोटिफिकेशनमा एकै पटक ठूलो रकम तिर्न बाँकी रहेको भन्दै गाडीलाई चार्जिङमा समेत रोक लगाइएको थियो । तर, पछि परीक्षण गर्दा गाडी चार्ज भने भएको जनाइएको छ ।

त्यो सँगै उनले टेस्लाको ग्राहक सेवा केन्द्रमा यो विषय जानकारी गराएका थिए ।

हालसम्म पनि यो विषयमा समाधान भने हुन सकेको छैन । तर, कम्पनीले यो एपमा रहेको एउटा बग भएको जानकारी दिएको छ ।

साथै चाँडै उक्त कमजोरी समाधान गरी एपको नयाँ भर्सन सार्वजनिक गर्ने पनि कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२