close

ईसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा सित्तैमा इन्टरनेट पाउने अवसर

टेकपाना टेकपाना

फागुन २५, २०७८ १५:४१

ईसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा सित्तैमा इन्टरनेट पाउने अवसर

काठमाडौं । भुक्तानी प्रणली सेवा प्रदायक ईसेवामार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । ईसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ ।

यस्तै ‘मेरो स्कुल’को तीन महिनाको निःशुल्क सब्सक्रिप्सन पाउन सकिनेछ भने ‘किड्स् इन्साइडर’ म्यागेजिनको एक वर्षको निःशुल्क सब्सक्रिप्सन पाउन सकिने कम्पनीले जनाएकाे छ ।

ईसेवामार्फत देशभरबाट चार हजारभन्दा स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ । हाल ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

हालसम्म ईसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या करिब ५० लाख पुगिसकेकाे कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२